८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगरौंः शंकर पोखरेल

एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगरौंः शंकर पोखरेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताउनुभएको छ ।

पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आईतवार पार्टी नेताहरुले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिनुभयो । केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उहाँले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाई गर्दै आएको दाबी पनि गर्नुभएको उहाँले बताउनु भयो ।

प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, ‘पार्टी दृष्टिकोणमा अन्यौल भएर प्रचार गरिएकोमा उहाँले यस्तो काम नगर्न, सो सम्बन्धि अनर्गल प्रचार नगर्न, पत्रकार साथीहरुलाई अमुक, अमुक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति पनि उहाँले आग्रह गर्नुभएको छ । त्यसपछि जबज छोडयो, जबज छोड्यो भनेर भन्नु भयो । हाम्रा सबै डकुमेन्टहरुमा जबजको मार्गदर्शनमा हामी मार्ग निर्देशित भएर अगाडि बढिरहेका छौं । जबजको विचार, सिद्धान्त समृद्ध बनाउने क्रममा मदन भण्डारीले पाँचौ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यो कुरा उहाँले जानकारी दिनु भएको थियो । भरत मोहन अधिकारीले कार्यक्रम लेख्दा जबज अनुकूल नभएर पछि मदन भण्डारी आफैले लेख्नुभयो । त्यसको कार्यनीति केपी शर्मा ओलीले लेख्नुभएको हो । विधान माधव नेपालले लेख्नु भयो । केपी ओली त्यो बेलादेखि यो विचार समृद्ध गर्नका निम्ति अगुवाई र नेतृत्व गरेर आईरहनु भएको छ । र, कार्यनीति केपीले नै लेख्नु भएको हो । त्यो पारित भएको छ । जननेता मदन भण्डारीले पार्टीको निर्माणमा आधारभूत प्रस्तावनाहरु उल्लेख गरेर जानु भएको छ । त्यसैको जगमा, त्यसैको आलोकमा यो पार्टी अगाडि बढिराखेको छ । जबज अनुकूलको पार्टी निर्माणबारे हामीले लोकतान्त्रिक विधिलाई अगाडि बढाईरहेका छौं ।

त्यो लोकतान्त्रिक विधिको अगुवाई र  नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहनुभएको छ । र, मदन–आश्रितको देहवसान, जसलाई हामीले हत्या भनेका छौं । त्यहाँ पछि हामीले २०५१ सालमा सरकार बनायौं । र, क्रान्तिपूर्व पनि कम्युनिष्ट पार्टी सरकारमा जानु हुन्छ । र, जान्छ भन्ने कुरा नयाँ नीति हामीले प्रयोगमा ल्यायौं । छैठौं महाधिवेशनमा शक्ति संचयको कार्यनीति लेख्ने काम पनि कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा भयो । पार्टी जीवनको लोकतान्त्रिकरण आठौं महाधिवेशनमा उहाँकै नेतृत्वमा प्रस्तुत गरियो ।र, सर्वसम्मतिले पारित भयो । माओवादीसँगको एकतापछि यी कुराहरु गोलमाल भए । नवौ महाधिवेशनपछि हामीले यसलाई निरन्तर अगाडि बढाउँदै आएका छौं भन्ने कुरामा विशेष जोड दिँदै जबजले नै पार्टी निर्माण गर्ने एउटा स्पष्ट नीति प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको नीति अगाडि सारेको छ । यही नीतिबाट निर्देशित भएर हामी अगाडि बढिरहेका छौं । र, जबजको नीति हामीले खुम्च्याएका छैनौ । यसलाई फराकिलो पारेका छौं । र, पार्टी कस्तो बनाउने भन्दा हामीले सैनिक वा राजकीय बनाउने होइन, प्रतिस्पर्धामा आधारित, श्रेष्ठतामा आधारित पार्टी बनाउँछौं । जो जनताको बहुदलीय जनवादको नीतिबाट नै निर्देशित छ । जबज हाम्रो निर्देशक सिद्धान्त हो । हाम्रो प्रिन्सिपल गाईडलाईन्स हो । हाम्रो विचार हो । हाम्रो यो विचार भएको हुनाले सिद्धान्तनै त्यही भएको हुनाले हामीले यसलाई अन्यथा नबुझनका निम्ति उहाँले जोड दिनुभयो ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार महासचिव पोखरेलले मदन भण्डारीको अगुवाईमा पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक पटक दोहो¥याउनु भएको थियो ।