१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने काँग्रेसको निर्णय



अ+ अ-

काठमाडौँ । सत्तारुरुढ दल नेपाली काँग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा भएको हो । केन्द्रिय समितिले निर्णय गर्नुपर्ने भएपनि तत्काल केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको बताउनु भयो । साथै बैठकमा समसामयिक विषयहरुमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा हो । रुपन्देहीको सन्दर्भमा हामीले पहिल्यै दल दर्ता गरिसकेका छाँै । फेरि मनाङको विषयमा दल  दर्ता गर्नेकुरा हो । केन्द्रिय समितिले गर्नुपर्ने हो तर अचानक केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी छलफल गरेका छौँ । समसामयिक कुरामा पनि छलफल भएको छ ।’

सामाजिक सञ्जालका विषयमा पार्टीले आफ्नो धारणा बनाउने जानकारी दिनुभयो । समाजिक सञ्जालको नियमन राम्रो कुरा भएपनि बन्द गर्नु नहुनेमा जोड दिइएको बताउनु भयो ।