९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

निजामति कर्मचारीलाई सुशासनमुखी, इमान्दार र पारदर्शी भएर कार्यसम्पादन गर्न मन्त्री न्यौपानेको आग्रह

निजामति कर्मचारीलाई सुशासनमुखी, इमान्दार र पारदर्शी भएर कार्यसम्पादन गर्न मन्त्री न्यौपानेको आग्रह
अ अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।

निजामति कर्मचारी दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यापानेले यस्तो बताउनुभएको हो ।

देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको उल्लेख गर्दै उहाँले समयसापेक्ष, सक्षम र पारदर्शी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारी प्रशासनले नागरिकमा विश्वास दिलाउने र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नसके मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन सकिने विश्वास व्यक्त गर्नुभयो । सबै नागरिकले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गरेको खण्डमा विकसित देशहरुको चर्चा गरिरहनु नपर्ने जिकिर गर्नुभयो ।
उ

हाँले भन्नुभयो, ‘कर्मचारी संयन्त्रलाई सुशासनमुखी बनाऔँ । सम्पूर्ण कर्मचारीहरु ईमानदार बन्नुपर्छ । सुशासनमुखी बन्नुपर्छ । समयको गतिसँगै हिँड्नसक्ने बन्नुपर्छ । पारदर्शीता कायम गर्नुपर्छ । अब्बल रुपमा कार्यसम्पदान गरेर आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ । आज समयले यही माग गरिरहेको छ । युवाहरु रोजगारीको खोजिमा विदेशमा भौँतारिने स्थिति नबनोस् । म निजामाति सेवामार्फत देशको सेवा गर्छु भन्ने भावनाले प्ररित होउन् । हामीले कर्मचारी प्रशासनलाई यो खालको विश्वास दिलाउनुपर्नेछ । यो खालको भरोसा दिलाउनुपर्नेछ । देशको बजेट, नीति, कानून तथा कार्यक्रम कार्यान्वयन गर्ने देशको निजामति कर्मचारीले नै हो । जति कर्मचारीहरुले सरकारको नीति र कार्यक्रमहरुलाई कार्यसम्पादन गर्न सक्नुहुन्छ त्यति नै यो देशले मुहार बदल्दै जान्छ । त्यसकारण म आग्रह गर्न चाहान्छु हामी सबै जुनसुकै निकायमा भएपनि देश सबैभन्दा ठुलो कुरा हो । हामी सरकारमा रहने तथा अन्य सबै निकायमा रहनेहरु यो देशको नागरिक पनि हौं । त्यसकारण हामी सबै जिम्मेवार बन्यौं भने यो देश बन्छ । अनि हामीले संसारका विकसित देशहरुको चर्चा गरिरहनु पर्दैन ।’

मन्त्री न्यौपानेले युवाहरु पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उनीहरुलाई निजामति क्षेत्रमा आकर्षित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कुनै एक जनाको चाहनाले मात्रै देश नबन्ने भन्दै उहाँले सबैले आआफ्नो तहबाट योगदान दिन जरुरी रहेको बताउनु भयो ।