९ पुष २०८२, बुधबार
,
Latest
अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामति कर्मचारीलाई सुशासनमुखी, इमान्दार र पारदर्शी भएर कार्यसम्पादन गर्न मन्त्री न्यौपानेको आग्रह



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।

निजामति कर्मचारी दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यापानेले यस्तो बताउनुभएको हो ।

देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको उल्लेख गर्दै उहाँले समयसापेक्ष, सक्षम र पारदर्शी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारी प्रशासनले नागरिकमा विश्वास दिलाउने र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नसके मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन सकिने विश्वास व्यक्त गर्नुभयो । सबै नागरिकले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गरेको खण्डमा विकसित देशहरुको चर्चा गरिरहनु नपर्ने जिकिर गर्नुभयो ।

हाँले भन्नुभयो, ‘कर्मचारी संयन्त्रलाई सुशासनमुखी बनाऔँ । सम्पूर्ण कर्मचारीहरु ईमानदार बन्नुपर्छ । सुशासनमुखी बन्नुपर्छ । समयको गतिसँगै हिँड्नसक्ने बन्नुपर्छ । पारदर्शीता कायम गर्नुपर्छ । अब्बल रुपमा कार्यसम्पदान गरेर आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ । आज समयले यही माग गरिरहेको छ । युवाहरु रोजगारीको खोजिमा विदेशमा भौँतारिने स्थिति नबनोस् । म निजामाति सेवामार्फत देशको सेवा गर्छु भन्ने भावनाले प्ररित होउन् । हामीले कर्मचारी प्रशासनलाई यो खालको विश्वास दिलाउनुपर्नेछ । यो खालको भरोसा दिलाउनुपर्नेछ । देशको बजेट, नीति, कानून तथा कार्यक्रम कार्यान्वयन गर्ने देशको निजामति कर्मचारीले नै हो । जति कर्मचारीहरुले सरकारको नीति र कार्यक्रमहरुलाई कार्यसम्पादन गर्न सक्नुहुन्छ त्यति नै यो देशले मुहार बदल्दै जान्छ । त्यसकारण म आग्रह गर्न चाहान्छु हामी सबै जुनसुकै निकायमा भएपनि देश सबैभन्दा ठुलो कुरा हो । हामी सरकारमा रहने तथा अन्य सबै निकायमा रहनेहरु यो देशको नागरिक पनि हौं । त्यसकारण हामी सबै जिम्मेवार बन्यौं भने यो देश बन्छ । अनि हामीले संसारका विकसित देशहरुको चर्चा गरिरहनु पर्दैन ।’

मन्त्री न्यौपानेले युवाहरु पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उनीहरुलाई निजामति क्षेत्रमा आकर्षित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कुनै एक जनाको चाहनाले मात्रै देश नबन्ने भन्दै उहाँले सबैले आआफ्नो तहबाट योगदान दिन जरुरी रहेको बताउनु भयो ।