२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिका र विजयले गोप्य रूपमा इन्गेजमेन्ट गरे !



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दाना यस बेला दुबईमा जारी साउथ इन्डियन इन्टरनेशनल मुभी अवार्ड्स २०२५ मा सहभागी हुन पुगेकी छन् ।

तर, दुबई विमानस्थलमा देखिएको उनको औंठीले सबैको ध्यान खिचेको छ । रश्मिकाको औठामा चम्किएको हिराको औंठी देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनी र अभिनेता विजय देवरकोंडाले गुपचुप ईन्गेजमेन्ट गरेको अनुमान गरेका छन् ।

भिडियोमा रश्मिका साधारण लुगा लगाएर विमानस्थलबाट बाहिरिँदै गरेको देखिन्छ । गाडीमा बस्नु अघि उनले पपाराजीलाई हात हल्लाएर अभिवादन गर्छिन्, त्यही बेला उनको औंठी देखिएको हो ।

उक्त भिडियो सेयर गर्दै प्रयोगकर्ताहरूले इन्गेजमेन्टको दाबी गरेका छन् । एक जनाले लेखे– “अब त उनी रश्मिका देवरकोंडा भइन् ।” अर्का प्रशंसकले मजाक गर्दै विजयलाई “विजय मन्दाना” भनेका छन् । अर्को प्रयोगकर्ताले उनलाई “भविष्यकी मिसेज लाइगर”सम्म भनेका छन् । तर, केहीले भने यो औंठी सगाइको औंठी जस्तो नदेखिने बताएका छन् ।

त्यसैबीच, जब रश्मिका पुनः अवार्ड्सको रेड कार्पेटमा देखिइन्, उनले साडी लगाएकी थिइन् र उक्त औंठी सानो औंलामा सारिएको देखिएको थियो ।

रश्मिका र विजयबीच लामो समयदेखि नजिकको सम्बन्धबारे चर्चा हुने गरेको छ । उनीहरूको अनस्क्रिन र अफस्क्रिन केमेस्ट्री दुवै दर्शकलाई मनपर्ने गरेको छ ।

केही समयअघि मात्र दुबैलाई अमेरिकाको न्यूयोर्क सिटीमा भएको ४३औं इन्डिया डे परेडमा सँगै देखिएको थियो ।

सार्वजनिक भएको भिडियोमा उनीहरू एकअर्काको हात समाएर म्यानहटनको सडकमा हिंडिरहेको देखिन्थ्यो । तर, क्यामेरा देख्नेबित्तिकै उनीहरूले हात छोडेका र फ्यानतर्फ हात हल्लाएर मुस्कुराएको दृश्य पनि भिडियोमा कैद भएको थियो ।