३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसेवक कर्मचारीहरुले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुले आफ्नो सेवा प्रवाहमा कुनैपनि कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रको सेवा प्रवाहमा समर्पित भएको हुनाले उनीहरुले आफ्नो सेवामा कमी हुन नदिने कुरालाई ध्यानु दिनुपर्ने बताउनुभएको हो ।

निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार काठमाडांैमा आयोजित एक कार्यक्रम लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले राष्ट्र सेवक कर्मचारीहरुको कामलाई प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्यांकनको परिपाटीलाई कठाईका साथ लागू गर्नुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो । सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीहरुको निगरानी राज्यले कडाईका साथ गर्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो । त्यस अवसरमा उहाँले राष्ट्र सेवक कर्मचारीहरु सेवा प्रवाह क्षेत्रको मुख्य पिलर भएको पनि स्मरण गराउनु भयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘निजामती क्षेत्र राज्यको महत्वपूर्ण अंग हो । खास गरेर सेवा प्रवाहको क्षेत्रमा राष्ट्रको यो पिलर हो । उनीहरुको सो भूमिका निर्वाह गरिरहेका पनि छन । तर कहिलेकँही एउटा रुखमा सबै सुन्तला पाक्दैनन । कहिलकाँही झर्न पनि सक्छ । यसलाई मुख्य प्रवृत्तिकै रुपमा लिनु हुँदैन । तपाईले हरेक दिन नुहाउनु पर्छ सरसफाइको लागि । अनुगमनहरु हुनुपर्छ । कामको मूल्यांकन हुनुपर्छ । त्यसलाई मुख्य प्रवृत्तिको रुपमा लिनु हुँदैन । तर हामी राष्ट्र सेवामा समर्पित भएको हुनाले थोरै पनि कमजोरी नहोस भनेर निजामती क्षेत्रले सोच्नु राम्रो कुरा हो । सुशासननै मुख्य कुरा हो । यसमा ध्यान दिनुपर्दछ ।’  

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुको योगदानलाई अवमूल्यन गर्ने काम पनि गर्न नहुने बताउनु भयो ।