१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसेवक कर्मचारीहरुले सेवा प्रवाहमा कमी हुन नदिन सचेत हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुले आफ्नो सेवा प्रवाहमा कुनैपनि कमजोरी हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रको सेवा प्रवाहमा समर्पित भएको हुनाले उनीहरुले आफ्नो सेवामा कमी हुन नदिने कुरालाई ध्यानु दिनुपर्ने बताउनुभएको हो ।

निजामती सेवा दिवसको अवसर पारेर चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार काठमाडांैमा आयोजित एक कार्यक्रम लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले राष्ट्र सेवक कर्मचारीहरुको कामलाई प्रभावकारी बनाउन सरकारले अनुगमन र मूल्यांकनको परिपाटीलाई कठाईका साथ लागू गर्नुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो । सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीहरुको निगरानी राज्यले कडाईका साथ गर्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो । त्यस अवसरमा उहाँले राष्ट्र सेवक कर्मचारीहरु सेवा प्रवाह क्षेत्रको मुख्य पिलर भएको पनि स्मरण गराउनु भयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘निजामती क्षेत्र राज्यको महत्वपूर्ण अंग हो । खास गरेर सेवा प्रवाहको क्षेत्रमा राष्ट्रको यो पिलर हो । उनीहरुको सो भूमिका निर्वाह गरिरहेका पनि छन । तर कहिलेकँही एउटा रुखमा सबै सुन्तला पाक्दैनन । कहिलकाँही झर्न पनि सक्छ । यसलाई मुख्य प्रवृत्तिकै रुपमा लिनु हुँदैन । तपाईले हरेक दिन नुहाउनु पर्छ सरसफाइको लागि । अनुगमनहरु हुनुपर्छ । कामको मूल्यांकन हुनुपर्छ । त्यसलाई मुख्य प्रवृत्तिको रुपमा लिनु हुँदैन । तर हामी राष्ट्र सेवामा समर्पित भएको हुनाले थोरै पनि कमजोरी नहोस भनेर निजामती क्षेत्रले सोच्नु राम्रो कुरा हो । सुशासननै मुख्य कुरा हो । यसमा ध्यान दिनुपर्दछ ।’  

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र सेवक कर्मचारीहरुको योगदानलाई अवमूल्यन गर्ने काम पनि गर्न नहुने बताउनु भयो ।