२१ भाद्र २०८३, आईतवार
,
Latest
गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य छन्ः अध्यक्ष महतो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य भएको बताउनुभएको छ ।
संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको जागरण सभामा बोल्दै महतोले काँग्रेस र एमालेले आफूहरूलाई विभाजित गराएको आरोप लगाउनु भयो ।

सोही विभाजनका कारण अहिले मधेसी, थारु, आदिवासी जनजाति राज्यविहिनको अवस्थामा रहेको उहाँको आरोप छ । २०७२ मा संविधान जारी हुँदा पनि आफूहरु सँगै मिलेर लडेको स्मरण गर्दै महतोले तत्काल एकीकरण नभएपनि मोर्चामै रहेर आफ्ना अधिकार तथा पहिचानका लागि मिलेर संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतमा मधेसी, थारु, आदिवासी जनजाति, दलित, पिछडावर्गहरूले छुट्टाछुट्टै एक्ला एक्लै सङ्घर्ष गरेकाले असफल भयौँ । अब अधिकार, पहिचानका लागि मोर्चाबन्दीको विकल्प छैन ।’

अध्यक्ष महतोले मधेसको अधिकारका लागि अब सबै एक भएर लड्ने बेला भएको बताउनु भयो ।