२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण



अ+ अ-

काठमाडौँ । नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन आज दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौल समूह र आठ–नौ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् ।

वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि तामाङ र आश्रिया कार्की तेस्रो भए । उमेर समूहको फाइनलमा अन्भीले नेपालकी अनुष्का महर्जनलाई हराइन् । नेपालकी समृद्धि नेपालले कास्य हात पारिन् ।

त्यसैगरी, चार–पाँच वर्षको महिलामा आर्या महर्जन, आठ–नौ वर्षको पुरुषमा दिभान्स थापा, १०–१४ वर्षको पुरुषमा अश्विन पुन मगर, १५–१७ वर्षको पुरुषमा प्रिन्स श्रेष्ठ, क्याडेटको महिलामा सुविता गौतम, जुनियर महिलामा बार्बी शर्मा, सिनियर महिलामा बन्दना तामाङ, २०–२५ केजी पुरुषमा प्रमिशसिंह क्षेत्री र सात–आठ वर्षको पुरुषमा ऋषि न्यौपाने पहिलो भए ।

पुरुष २५–३० केजीमा सनिश लामा, चर–पाँच वर्षको पुरुषमा आयान शाही र आठ–नौ वर्षको पुरुषमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बीबाहेक सबै स्वर्ण विजेता नेपालका हुन् । बार्बी भारतकी हुन् ।

प्रतियोगिताको नेपाल प्रिमियर लिग ९एनपीएल० टोली काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

काता र कुमुते गरी ४५ स्पर्धा समावेश प्रतियोगितामा दुई सय ८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीले जानकारी दिनुभयो । नेपालका २५ तथा भारतका पाँच विद्यालयबाट खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।