७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

सामाजिक सञ्जालहरू निष्क्रिय भईरहँदा प्रधानमन्त्रीको सचिवालय फेसबुक र ह्वाट्सएपमा सक्रिय

सामाजिक सञ्जालहरू निष्क्रिय भईरहँदा प्रधानमन्त्रीको सचिवालय फेसबुक र ह्वाट्सएपमा सक्रिय
अ+ अ-

काठमाडौं । सरकारले विहिबार दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णय अनुसार सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जालहरू यतिबेला निष्क्रिय हुने प्रक्रियामा छन् ।

सामाजिक सञ्जालहरू निष्क्रिय भईरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीकै अफिसियल फेसबुक पेज, ह्वाट्सएप ग्रुप भने सक्रिय भइरहेको छ । प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज ‘पीएम केपी शर्मा ओली सेक्रटेरियट’ र ‘बालकोट’ नामको फेसबुक पेजबाट एमाले विधान महाधिवेशनसम्वन्धी स्टाटस र तस्बिरहरू पोस्ट भएका छन् । यस्तै, सचिवालयको ह्वाट्सएप ग्रुपबाट पनि सूचना र तस्बिरहरू सम्प्रेषण भइरहेका छन् ।

यसरी, प्रधानमन्त्रीको अफिसियल फेसबुक पेजबाटै पोष्ट भईरख्दा नीति निर्माताहरू नै आफूले गरेको निर्णयमा अडिग नभएको भन्दै सामाजिक सञ्जालमै आलोचना भईरहेको छ ।

अहिलेसम्म ९० वटा इन्टरनेट सेवा प्रदायक संस्थाले फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय गरेका नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट १०८ वटा इन्टरनेट सेवा प्रदायक संस्थाले अनुमति लिएका छन् । जसमा बाँकी रहेको बाट पनि सामाजिक सञ्जाल बन्द हुने क्रममा रहेको नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।