३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरणः अध्यक्ष थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित राप्रपाका संस्थापक एवं पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । २०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वमा भएको राजनीतिक योगदानले मुलुकलाई महत्वपूर्ण दिशा दिएको उहाँको दाबी छ । उहाँले पूर्वपञ्चहरुलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना र सञ्चालन गर्ने कार्यमा समेत चन्दको महत्वपूर्ण भुमिका रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको रुपमा लोकेन्द्रबहादुर चन्दले देश र जनताको सर्वोपरी हितका निमित्त गर्नुभएका कार्य सदैव अविस्मरणीय रहनेछन् । हरेक राजनीतिक परिवर्तनको बेलामा जनता र मुलुकलाई केन्द्रबिन्दुमा राखेर उहाँले धेरै ठूलो योगदान पु¥याउनुभएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि अलि अन्यौल र असमाञ्न्जस्यको स्थितिमा पूर्वपञ्चहरुलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापनामा उहाँको नेतृत्वकारी भूमिका रहेको छ । आज हामी जो जहाँ भएपनि हाम्रो मूल एउटै हो, हामी एउटै परिवारका सदस्य हौँ । त्यो परिवारको स्थापना गराउने मुख्य संस्थापक लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो ।’

आफूलाई जन्म दिनेहरुलाई ओझेलमा पारेर अपमान कसैको हित हुन नसक्ने उल्लेख गर्दै यसतर्फ सबै सचेत रहन आवश्यक रहेको बताउनु भयो ।