९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने

स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
अ अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको उल्लेख गर्दै अझै केही समय लाग्ने स्पष्ट पार्नुभयो । उहाँले संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी पनि गर्नुभयो । स्थानीय सरकार जनतामाझ सेवा प्रवाहमा सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै त्यसलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानले स्थानीय तहलाई धेरै प्रकारको अधिकार दिएको छ । सोहीअनुरुप स्थानीय तहले भौतिक निर्माणका कामहरु गरिरहेको छ । संविधान जारी भएयता स्थानीय तहले शिक्षा, स्वास्थ्य, तथा अन्य विभिन्न कामहरुमा समेत राम्रो प्रगति गरेको छ । आज सबैतिर सडक सञ्जालले छोएको अवस्था छ । स्थानीय तहले सडक विस्तार गर्नेदेखि खानेपानीका समस्याहरु हल गर्ने कुराहरु हुँदै आएको छ । यद्यपि अहिले हामी संघीयता कार्यान्वयनको सवालमा हामी दोस्रो कार्यकालमा छौं । त्यसकारण एकैचोटि सबै समस्याहरुको समाधान हुने स्थिति पनि बन्दैन । संघीयताको अभ्यासका क्रममा देखिएका समस्याहरु समाधान गर्ने सवालमा देखिएका समस्याहरु समाधान गर्दै अझै शक्तिशाली सरकारको रुपमा स्थापित गर्नुपर्ने हुन्छ । जनतालाई सर्भिस डेलिभरीमा सबैभन्दा बढी ध्यान दिने सरकार नै स्थानीय सरकार हो । त्यसैले स्थानीय सरकार शक्तिशाली हुनुपर्छ भनेर नै हामीले लामो समयदेखि आन्दोलन पनि गरेका हौँ । र संविधानले दिन खोजेको अधिकार पनि त्यही हो ।’

सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुनेभन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।