२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको उल्लेख गर्दै अझै केही समय लाग्ने स्पष्ट पार्नुभयो । उहाँले संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी पनि गर्नुभयो । स्थानीय सरकार जनतामाझ सेवा प्रवाहमा सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै त्यसलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानले स्थानीय तहलाई धेरै प्रकारको अधिकार दिएको छ । सोहीअनुरुप स्थानीय तहले भौतिक निर्माणका कामहरु गरिरहेको छ । संविधान जारी भएयता स्थानीय तहले शिक्षा, स्वास्थ्य, तथा अन्य विभिन्न कामहरुमा समेत राम्रो प्रगति गरेको छ । आज सबैतिर सडक सञ्जालले छोएको अवस्था छ । स्थानीय तहले सडक विस्तार गर्नेदेखि खानेपानीका समस्याहरु हल गर्ने कुराहरु हुँदै आएको छ । यद्यपि अहिले हामी संघीयता कार्यान्वयनको सवालमा हामी दोस्रो कार्यकालमा छौं । त्यसकारण एकैचोटि सबै समस्याहरुको समाधान हुने स्थिति पनि बन्दैन । संघीयताको अभ्यासका क्रममा देखिएका समस्याहरु समाधान गर्ने सवालमा देखिएका समस्याहरु समाधान गर्दै अझै शक्तिशाली सरकारको रुपमा स्थापित गर्नुपर्ने हुन्छ । जनतालाई सर्भिस डेलिभरीमा सबैभन्दा बढी ध्यान दिने सरकार नै स्थानीय सरकार हो । त्यसैले स्थानीय सरकार शक्तिशाली हुनुपर्छ भनेर नै हामीले लामो समयदेखि आन्दोलन पनि गरेका हौँ । र संविधानले दिन खोजेको अधिकार पनि त्यही हो ।’

सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुनेभन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।