९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छः प्रधानमन्त्री ओली

लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीबारे आफूले चीनसँग स्पष्ट कुरा राखेको बताउनुभएको छ ।

आफूले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमती जनाएको बताउनुभएको हो ।

शुक्रवार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा अडियो, भिडियोहरुमा रेकर्डेड रहेको र कुटनीतिक नोटहरुमा पनि समावेश गरिएको बताउनु भयो । उहाँले राष्ट्रपति सीले सो विषयमा भारतसँग कुटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको पनि बताउनु भयो । नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिइने कुरा पनि राष्ट्रपति सीले आफूसँगको वार्तामा भनेको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले सो विषयमा भारतीय पक्षसँग नै समाधानका लागि आफूले पहल गर्ने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हरेक पटक मैले कुनै पनि विदेशको प्रोग्राममा जाँदा राष्ट्रको इज्जत, प्रतिष्ठा, राष्ट्रको हित । यी चिजहरुलाई तलमाथि पर्न नदिने, तिनको रक्षा गर्ने, तिनलाई अगाडि बढाउने काम गर्छु भनेर गएको हुन्छु । मैले पार्लियामेन्टमा त्यो उदघोष गरेर गएको हुन्छु । र फर्किएर आएको मैले फेरि त्यसरी नै काम गरेर आएको छु । तर हाम्रा विरोधीहरुलाई भत्भत पोल्छ । हामीले राष्ट्रको इज्जत बढायौ भनेपछि भत्भत पोल्छ । र, एक अमखोरा चिसो पानी खान्छन घटघट । छटपटी घट्दैन तिनको । अनि बर्बराउन थाल्छन । अहिले बैठक बसेर निर्णय गरेर मेरो स्पेनको यात्रा अत्यन्त्र सफल भयो । हाई हाई हुने भयो एमाले । अहिलेको सरकार हाई हाई हुने भयो । त्यसकारण यसलाई त्यो हाईहाईबाट समाप्त पार्न के गर्नुपर्छ भने भिजिट भिसामा त्यहाँ मान्छे गएको भनेर हल्ला फिँजाईन्छ । योजनावद्ध ढंगले निर्णय गरेर त्यो हल्ला फिजाउने काम गरे । उनीहरुको लागे, पुगेसम्म आफ्नो पार्टी मात्रै होइन, अरु पार्टीमा रहेका आफ्ना बुहारीहरुलाई पनि प्रयोग गरेर हाम्रा विरुद्ध कुप्रचार फैल्याएर ध्यान अन्त डाईभर्ट गरे । यस पल्ट फेरि सेक्युरिटी इनिसिएटिभ समर्थन ग¥यो भनेर एउटा बखेडा निकाले । के हो त्यो बुझनु पनि छैन । हामीले के बोल्यौ, त्यो सुन्नु पनि छैन । हामीले बोलेका कुरा त सार्वजनिक छन त । प्रकट छ । के लाई समर्थन गर्ने, केलाई नगर्ने ? के मा अहिले नबोल्ने, के को विरोध, के को समर्थन । यी कुराहरुप्रति हामी सजग छौं । हाम्रो पार्टी सजग छ । हाम्रो आन्दोलन सजग छ । र, अहिलेको सरकार बिल्कुल सजग छ । त्यसकारण कुनै प्रकारको त्रुटी कही, समर्थन नगर्नुपर्ने, गर्नुपर्ने थाहा छ । तर यसलाई समर्थन ग¥यो भनेर हल्ला चलाएका छन । त्यस सम्बन्धमा हामीले बोलेका छैनौ । कहाँको समर्थन भयो ? यसमा हामीले केही बोलेको छैन । अनि बडा राष्ट्रवादी निस्किए ।’

‘एक, एक राष्ट्रवादीहरुलाई दिने जवाफ हामीसँग छ । तर अहिले नदिउ । कस्ता कस्ताले प्रश्न उठाएका छन । तिनलाई जवाफ दिन्छौं । यति भन्न चाहन्छु–सबैका अगाडि देशले सुन्ने गरी, विदेशले सुन्ने गरी मैले नेतृत्व गरेको प्रतिनिधिमण्डलले देशको हितको विरुद्ध, असंलग्न हाम्रो स्थापित परराष्ट्रनीति विरुद्ध, पञ्चशीलका स्थापित मान्यता र सिद्धान्तहरुका विरुद्ध, संयुक्त राष्ट्र संघका स्थापित नीति, मान्यता र बडापत्रका विरुद्ध, हाम्रो राष्ट्रिय हितका विरुद्ध, विश्व शान्ति, विश्व न्याय र मानवजातिको समग्र हितको विरुद्ध कुनैपनि प्रकारका क्रियाकलाप, बचन, बोली अथवा चिन्तन पनि राख्दैन । हाम्रो पार्टीले त्यो चिन्तन राख्दैन । र हामीले नेतृत्व गरेको त्यो सरकारले पनि त्यो चिन्तन राख्दैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु । लिपुलेकको सम्बन्धमा हामीले जहाँ पुग्दा पनि जहिले पनि जुनसुकै ठाउँमा पनि आफ्नो राष्ट्रिय हितलाई कुनै कम्परमाईंज नगरी उठाउनुपर्ने ठाउँमा उठाउँछौं । दृष्टिकोण राख्नुपर्ने ठाउँमा राख्छौं । राष्ट्रिय हितको पक्षमा बोल्छौं ।’

‘त्यसै गरेर यस पटक म चीन जाँदा पनि चीनका राष्ट्रपति सी जिन पिङसँगको द्धिपक्षीय औपचारिक वार्तामा मैले अरु कुराहरुसँगै लिपुलेक सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिमाथि, हाम्रो भूमिबाट व्यापार आदानप्रदान गर्ने भन्ने सम्झौता दुई वटा देशले गर्न मिल्दैन । त्यसकारण यसमा हाम्रो असहमती रहेको छ भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु । यो कुरा रेकर्डेड छ । यो अडियोमा छ, यो भिडियोमा छ । यो नोटहरुमा छ । टिपोटहरुमा छ । र, चिनिया राष्ट्रपतिले त्यसको जवाफ दिँदा हामी नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गर्दछौं । यसबाट तपाईहरुलाई जुन आशंका रहेको छ । यसमा हाम्रो ध्यान छ । कुनै तपाईहरुको राष्ट्रको सार्वभौमसत्तामा तलमाथि पर्ने छैन । तलमाथि पर्न दिइनेछैन । त्यसमा हामी सम्पूर्ण रुपमा समर्थन गछौं । यो सिमानाको विषय नेपाल र भारतको विषय हो । तपाईहरुले वार्ताद्धार कूटनीतिक माध्यामबाट समाधान गर्नु हुन्छ भन्ने हामीले विश्वास गरेका छौं । र, त्यसो गर्नुपर्छ भन्ने हाम्रो धारणा पनि हो । यस विषयमा तपाईहरुको देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डतप्रतिको हाम्रो विश्वास, समर्थन दृढ छ भनेर उहाँले स्पष्ट गर्नु भएको छ । यस सन्दर्भमा हामी भारतसँग पनि कुरा गर्नेछौ । हामीले यो समस्याको समाधान गर्नुपर्ने त भारतसँग नै हो ।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफूले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको पनि बताउनु भयो ।