काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ ।
ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा सूचीकरणबारे आधिकारिक पत्राचार गरिएको हो ।
ट्विटरबाटे सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको सञ्चारमन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको उनले बताए ।
इमेल पाएसँगै यसबारे आवश्यक डकुमेन्टको विवरणसहित जवाफ पठाइसकेको उनले जानकारी दिए ।
यस्तै, फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले बताए।नेपालकै प्लेटफर्म हाम्रो पात्रोले भने दर्ताका लागि हिजो नै सबै डकुमेन्टहरू उपलब्ध गराएको थियो । अन्य सामाजिक सञ्जाल सम्पर्कमा आएका छैनन् ।










