२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिका अस्पताल भर्ना



अ+ अ-

जनकपुर ।महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिकालाई अस्पताल पुर्याईएको छ ।

खाजामा छेपारो परेको थाहा पाएपछि खाजा खाएका बालबालिकालाई अस्पताल पुर्याईएको हो । आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोकाअनुसार बिहीवार दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि बालकले खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए । त्यसपछि अन्य बालबालिकाले पनि वाकवाकी लागेको बताएका थिए ।

अभिभावक र विद्यालयले खाजा खाएका सबै बालबालिकालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पु¥याएका हुन् । प्रादेशिक अस्पताल जनकपुरधामकाअनुसार कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन तर शतर्कताका लागि सबैलाई अस्पतालमा राखिएको हो । प्रादेशिक अस्पताल जनकपुरधामका आकस्मिक कक्षका उज्वल झाकाअनुसार बालबालिकामा कुनै स्वास्थ्य समस्या देखिएको छैन । बालबालिकाहरु डराएकाले निगरानीका लागि अस्पतालमा राखिएको झाले बताउनु भयो ।

यता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुग्यो यस विषयमा छानविन गरेर दोषीलाई कारबाहीसम्म गर्ने चेतावनी दिनुभयो ।

उपचारका लागि पुगेका सबै बालबालिकाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कतिपय बालबालिका उपचारपछि घर समेत फर्किसकेका छन् भने केही बालबालिकालाई अझै अस्पतालमा राखिएको छ ।