७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

बागमती मन्त्रिपरिषद् मातहत तीन समिति गठन गरिने

बागमती मन्त्रिपरिषद् मातहत तीन समिति गठन गरिने
अ+ अ-

हेटौँडा। बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले मन्त्रिपरिषद् मातहत तीन वटा समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले राजनीतिक समितिको संयोजकमा कृषि तथा पशुपंक्षीमन्त्री मधुसुधनप्रसाद पौडेल, प्रशासन तथा विधेयक समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र सामाजिक, आर्थिक र पूर्वाधार विकास समितिको संयोजकमा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे रहनुभएको समिति गठन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

उक्त बैठकले प्रदेशको सहकारी तथा गरिबी विवारण मन्त्रालयको सचिवमा खुमराम अधिकारीलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । उक्त बैठकले प्रदेश आर्थिक कार्य विधि विधेयक र प्रदेश खानेपानी, सरसफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयकलाई प्रदेशसभा सचिवालयमा दर्ता गराउन स्वीकृत प्रदान गरेको छ ।

सो बैठकले मुख्यमन्त्री साहसी सम्पदाका लागि जिब्रो छेड्ने परम्परालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्न ल्याइएको प्रस्तावलाई स्वीकृत प्रदान गरिएको प्रवक्ता तामाङले बताउनुभयो ।

सोही बैठकले जिल्लाहरुमा रु १० लाखभन्दा माथिका विभिन्न योजनालाई निर्माण गर्ने क्रममा अब उपभोक्ता समितिको सट्टा ठेक्का बोलपत्रको माध्यमबाट काम गराउन दिने स्वीकृत प्रदान गरेको छ ।

बैठकले प्रदेशको विभिन्न मन्त्रालयमा र पूर्वाधार विकासमा अस्थायी दरबन्दीको संरचनालाई स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको जनाइएको छ । रासस