१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वसन्त चौधरीका दुई पुस्तक लोकार्पण



अ+ अ-

साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं’ काव्यसंग्रह र ‘तिमी बिनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमका बीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो । काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशिलता नरोकिने बताउनु भयो । उहाँले आफ्नो कवितासंग्रह ‘तिमीबिनाको म’ मा समाजमा भएका घटनाहरुको बारेमा चित्रण गरिएको बताउनु भयो ।

साहित्यकार चौधरीले भन्नुभयो, ‘मन नयाँ कुराहरु सोचेर कहिल्यै थाक्दैन । न त विश्राम नै लिन्छ । हामी वरिपरि जे परिघटनाहरु भइरहेको हुन्छन् । यिनै परिघटनालाई शब्दमा बोलेर अभिव्यक्त गरिरहेका हुन्छौँ । काव्यकृति तिमी बिनाको ममा केही गुमाएका र केही प्राप्त गरेका घटनाहरु श्रृंखलित रुपमा राखेको छु ।’

चौधरीको  ‘तिमीबिनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कवितासंग्रहहरु संग्रहीत छन् । कवितामा आत्मपरकताको उदाहरणीय प्रयोग गरिएको छ भने कविता अंग्रेजी भाषामा रहेको छ । त्यस्तै हिन्दी भाषामा रहेको काव्यसंग्रह अनेक पल और मैं मा उहाँले आफ्ना जीवनका चिन्तनहरुलाई समेट्नु भएको छ ।