१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन इम्बोस्ड नम्बर प्लेट’ अनिवार्यः मन्त्री दाहाल

यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन इम्बोस्ड नम्बर प्लेट’ अनिवार्यः मन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने कार्यले समग्र यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभाको शून्य र विषेश समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले डिजिटल नेपाल अभियानलाई अगाडि बढाउन यातायात क्षेत्रलाई पनि पूर्णरूपमा डिजिटलाइज गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार हालसम्म सरकारले राहदानी, राष्ट्रिय परिचय पत्र, चालक अनुमति पत्र, सवारी दर्ता र जग्गा व्यवस्थापन लगायतका सेवाहरूलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिसकेको छ । उहाँले इम्बोस्ड नम्बर प्लेट प्रणाली लागू भएपछि सवारी साधनको स्पष्ट जिल्ला र प्रदेशको एकीकृत विवरण प्राप्त गर्न सहज हुने बताउनु भयो । उहाँले इम्बोस्ड नम्बर प्लेटले ट्राफिक व्यवस्थापन, सडक अनुमति प्रणाली र आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी सहयोग विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै सरकारका तर्फबाट प्रवाह हुने विभिन्न सेवाहरु राहदानी, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, सवारी दर्ता र जग्गा लगायतको क्षेत्रमा डिजिटलाइज प्रविधि अवलम्बव गरेको अवस्था छ । सोअनुरुप नै यातायात क्षेत्रलाई समेत डिजिटलाइज गर्दै लैजानुपर्ने अवस्थामा मुलुक पुगेको छ । सवारी साधनहरुमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिसकेपछि जिल्ला, प्रदेश तथा मुलुकमा रहेका सवारी साधनको एकीन विवरण प्राप्त हुने, त्रृतिम बौद्धिकतामा आधाररित ट्राफिक तथा सडक व्यवस्थापनमा सहयोग पुग्ने, सडक इजाजत सम्बन्धमा पारदर्शी विवरण प्राप्त हुने सवारी तथा यातायातको आवागमनलाई समेत थप व्यवस्थित बनाउन योगदान पु¥याउनुको साथै सवारी साधन चोरी, अपराधिक गतिविधि, राजश्व छली लगायतका कार्यहरु नियन्त्रण गर्न सहजता हुने र विपद् व्यवस्थापनमा समग्र पक्षहरुको व्यवस्थापनमा समेत योगदान पुग्ने गर्दछ । यसबाट समग्र यातायातसम्बन्धी नीति, योजना र कार्यक्रमहरु निर्माण तथा कार्यान्वयन गर्न दिशा निर्देश गर्ने कुराहरु म यहाँ राख्न चाहान्छु । यसको सम्झौताको हकमा २०७३ जेठ १७ मा पाँच वर्षका लागि २५ लाख इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने सम्झौता भएको र पछिल्लो पटक २०८२ मंसिर ११ सम्म म्याद रहनेगरी सम्झौता भएको छ । यस कार्यलाई थप व्यवस्थापन गर्न विभागबाट मिति २०८१ फागुन १९ मा ‘इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्देशिका जारी गरिएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु ।’ 

इम्बोस्ड नम्बर प्लेट उत्पादनको लागि २०७३ जेठ १७ गते पाँच वर्षका लागि सम्झौता भएकोमा पछिल्लो पटक यो म्याद २०८२ मंसिर ११ सम्म लम्ब्याइएको मन्त्री दाहालले जानकारी दिनुभयो । उहाँले हालसम्म ६ लाख ३५ हजार ५ सय ४५ इम्बोस्ड नम्बर प्लेटहरु छपाई भइसकेको र सम्बन्धीत कम्पनीलाई ९३ लाख अमेरिकी डलर भुक्तानी समेत भइसकेको जानकारी दिनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्दा अन्तर्राष्ट्रिय आवागमन सहज गर्नलाई राखिएको उल्लेख गर्नुभयो ।