२१ भाद्र २०८३, आईतवार
,
Latest
आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति ठिक हुने बित्तिकै देशले प्रगति गर्छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताउनुभएको छ ।

पूर्वसांसद मञ्चको २६ औँ स्थापना दिवसका अवसरमा बिहीवार संसद भवनमा आयोजित कार्यक्रममा उहाँले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति,प्रगति गर्ने बताउनुभएको हो ।

राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने बताउनु भयो । नेपालले पनि यो कुरा भोगेर आएको उहाँको भनाई छ । लामो ईतिहासमा विभिन्न ढंगबाट बिताएर आएका पूर्व सांसदहरुलाई यसबारेमा अझ बढी ज्ञान भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजनिति नै हो । राजनिति ठिक हुने वित्तिकै देशले उन्नति प्रगति गर्नसक्छ । विज्ञानलाई आफैले वैज्ञानिक ढंगबाट प्रयोग गर्न, अन्वेषन गर्न सक्छ र त्यसलाई प्रयोग गर्न सक्छ र अगाडी बढ्न सक्छ । तर राजनिति ठिक खालको हुन सकेन भने सबै क्षेत्र त्यसेले प्रभावित हुन्छ । जुन कुरा हामीले पनि भोगेर आएका छौँ । र मलाई लाग्छ, ७० वर्ष पुगेका र पुग्न लागेका पूर्व माननीयज्यूहरुले त लामो ईतिहास विभिन्न ढंगबाट विताएर आउनुभएको छ । मैले यसमा धेरै लामो चर्चा गर्न पर्दैन ।’ 

उहाँले पूर्व सांसदहरुले वर्तमान संविधानले राखेका लक्ष्य, संविधान कार्यन्वयन, सरकार निर्माण, संसदको जिम्मेवारीलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न महत्वपूर्ण काम सिकाउनुभएको बताउनु भयो । पूर्वसांसदहरुलाई सम्मान गर्ने, औषधि उपचारको प्रवद्र्धन गर्नेतर्फ आफूले पहल गर्ने उहाँको भनाई छ । राज्यलाई हाल पूर्व सांसदहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने जानकारीसमेत नभएको उल्लेख गर्नुहँुदै उहाँले यो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । स्थापना दिवसको अवसरमा मञ्चले ७० वर्ष पूरा भएका पूर्वसांसदहरुलाई सम्मान गरेको थियो ।




भर्खरै