२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट निर्माण गर्न दिने निर्णयमा संलग्न छैन: योगेश भट्टराई

नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट निर्माण गर्न दिने निर्णयमा संलग्न छैन:  योगेश भट्टराई
फाईल फोटो
अ अ+ अ-

काठमाडौ।केपी ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहनु भएका एमाले सचिब योगेश भट्टराईले नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट निर्माण गर्न दिने निर्णयमा आफ्नो संलग्नता नरहेको बताउनु भएको छ ।

मंगलबार साँझ  सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो घारणाा सार्बजनिक गर्दे पूर्वमन्त्री भट्टराईले आफ्नो संलग्नता रहेको भए सत्य तथ्य  हस्ताक्षर सहितको निर्णय कपी वा लिखित निर्देशन पत्र सार्वजनिक गर्न  चुनाैति दिनुभएको छ । नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाउदै उहाँले त्यस सम्बन्धि कुनै पनि निर्णयमा आफ्नो  संलग्नता नरहेको स्पस्ट पार्नुभएको छ ।

उहाँले त्यस बारेका कुनै पनि निर्णय आफ्नो  जानकारीमा समेत नरहेको  जनाउनु भएकाे छ । भट्टराईले लेख्नुभएको छ आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवाफदेहीता नरहने स्वत: स्पस्ट छ ।

बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । दरबार संग्रहालय परिसर भित्रै रेस्टुरेन्ट संञ्चालनका लागि व्यापारिक घराना बतास समुहले संरचना निर्माणको काम गरिरहेको थियो । पर्यटनमन्त्री प्रेम आलेको निर्देशन पछि मन्त्रालयले अर्को निर्णय नभए सम्म तत्काल काम रोक्न निर्देशन दिएको छ । 

 यो पनि पढ्नुहोस्-  नारायणहिटी संग्रहालय भित्र रेस्टुरेन्ट बनाउने काम रोक्का (पत्रसहित)