एजेन्सी । चीनले सन् १९४५ मा जापानलाई हराउँदै प्राप्त विजयलाई सम्झना गर्न सेप्टेम्बर ३ लाई विशेष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।
चीनले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव अवसरमा विशाल सैन्य परेड आयोजना गरेको हो । उत्तर कोरियाली नेता किम जोङ–उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाए ।
चीनले आफ्नो एचक्यु–९सी मिसाइल प्रणाली प्रदर्शन गर्यो ।
बीबीसीले रिपोर्ट गरेको छ कि परेडमा हाइपरसोनिक ग्लाइड भेहिकल, वाईजे–२१ एन्टी–शिप क्रूज मिसाइल र जेएल–३ पनडुब्बी–प्रक्षेपित ब्यालिस्टिक मिसाइलहरू समावेश थिए ।
यस्तै, डिएफ–फाइभसी आणविक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको उन्नत संस्करण ६एफ पनि प्रदर्शन गरिएको थियो । यो मिसाइलले अमेरिकालाई समेत प्रहार गर्न सक्छ ।
यो चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड हो ।विश्वका २५ देशका नेताहरू मञ्चमा देखा परेका थिए । रिपोर्टका अनुसार यस परेड मार्फत बेइजिङले यो अमेरिकाको विकल्प हो र विश्वका गैर–पश्चिमी देशहरूको नेतृत्व गर्ने शक्ति राख्छ भनेर प्रमाणित गर्यो ।










