२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

नक्नुन्नी धोबी मृत्यु प्रकरणमा अनसनकारीसँग सहमति, अनसन स्थगित

नक्नुन्नी धोबी मृत्यु प्रकरणमा अनसनकारीसँग सहमति, अनसन स्थगित
अ अ+ अ-

काठमाडौँ — बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा ४१ दिनदेखि भएको आन्दोलन स्थगित भएको छ ।

सरकारसँग मंगलबार साँझ ४ बुँदे सहमतिपछि धर्ना र आमरण अनशन स्थगित भएको आन्दोलनकी अगुवा रुबी खानले बताउनुभयो । वार्तापछि गृह मन्त्रालयका उच्च कर्मचारीहरू र आन्दोलनरत पक्षले मंगलबार साँझ संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गर्दै माइतीघरबाट आन्दोलन स्थगित भएको घोषणा गरेका थिए ।

यसअघिको सहमति पूरा नभएको भन्दै नागरिक अगुवा रुबी खान लगायतका महिलाहरूले दोस्रो चरणको आन्दोलनअन्तर्गत ४१ दिनदेखि धर्ना र मंगलबार बिहानदेखि आमरण अनशन सुरु गरेका थिए । उनीहरूको आन्दोलनमा डा गोविन्द केसी, नारायण वाग्ले, मोहना अन्सारी, सञ्जीव उप्रेतीसहित नागरिक अगुवाहरूले साथ दिएका थिए । दुईपक्षबीच भएको वार्ताको क्रममा ४ बुँदे सहमति भएको थियो ।

सहमतिपछि मंगलबार साँझ नागरिक आन्दोलनका अगुवा डा गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको हो । यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुकुन्दप्रसाद निरौला, सहसचिव प्रदीपकुमार कोइराला, सहसचिव भीष्मकुमार भुसाल, सुरक्षा तथा प्रशासन विज्ञ सुनिल खनाल, उपसचिव दिलकुमार तामाङ र उपसचिव बसन्त भट्टराई उपस्थित हुनुहुन्थ्यो ।

यस्तै आन्दोलनरत पक्षको तर्फबाट रुबी खान, नागरिक समाज, डा केसी, अधिकारकर्मी अन्सारी, अधिवक्ता ओमप्रकाश अर्याल, बिमल अर्याल, मनकुमार भुर्तेल, कौशिला वागवान, गीता चमार र बसन्त रन्जितकारले हस्ताक्षर गरेका छन् ।

चार बुँदे सहमति

१. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति गरियो ।

२. यस विषयमा निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी आन्दोलनरत व्यक्तिहरू समेतलाई अभियुक्तहरूको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयहरू छलफलमा उठान भएकोले निजहरूको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायहरूलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति गरियो ।

३. यस सम्बन्धमा भएको छानबिन प्रतिवेदनमा औंल्याइएका विषयहरू कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, यसअघि भएका पत्राचार, कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने, कार्यान्वयनका लागि ुफलोअपु गर्ने सहमति गरियो ।

४. उल्लेखित विषयलाई लिएर आमरण अनशनमा रहेकी रुबी खानले आजकै मितिबाट अनशन तोड्ने, निजसहितका आन्दोलनरत व्यक्तिहरूले धर्नासहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति गरियो ।