२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

नक्नुन्नी धोबी मृत्यु प्रकरणमा अनसनकारीसँग सहमति, अनसन स्थगित

नक्नुन्नी धोबी मृत्यु प्रकरणमा अनसनकारीसँग सहमति, अनसन स्थगित
अ अ+ अ-

काठमाडौँ — बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा ४१ दिनदेखि भएको आन्दोलन स्थगित भएको छ ।

सरकारसँग मंगलबार साँझ ४ बुँदे सहमतिपछि धर्ना र आमरण अनशन स्थगित भएको आन्दोलनकी अगुवा रुबी खानले बताउनुभयो । वार्तापछि गृह मन्त्रालयका उच्च कर्मचारीहरू र आन्दोलनरत पक्षले मंगलबार साँझ संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गर्दै माइतीघरबाट आन्दोलन स्थगित भएको घोषणा गरेका थिए ।

यसअघिको सहमति पूरा नभएको भन्दै नागरिक अगुवा रुबी खान लगायतका महिलाहरूले दोस्रो चरणको आन्दोलनअन्तर्गत ४१ दिनदेखि धर्ना र मंगलबार बिहानदेखि आमरण अनशन सुरु गरेका थिए । उनीहरूको आन्दोलनमा डा गोविन्द केसी, नारायण वाग्ले, मोहना अन्सारी, सञ्जीव उप्रेतीसहित नागरिक अगुवाहरूले साथ दिएका थिए । दुईपक्षबीच भएको वार्ताको क्रममा ४ बुँदे सहमति भएको थियो ।

सहमतिपछि मंगलबार साँझ नागरिक आन्दोलनका अगुवा डा गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको हो । यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुकुन्दप्रसाद निरौला, सहसचिव प्रदीपकुमार कोइराला, सहसचिव भीष्मकुमार भुसाल, सुरक्षा तथा प्रशासन विज्ञ सुनिल खनाल, उपसचिव दिलकुमार तामाङ र उपसचिव बसन्त भट्टराई उपस्थित हुनुहुन्थ्यो ।

यस्तै आन्दोलनरत पक्षको तर्फबाट रुबी खान, नागरिक समाज, डा केसी, अधिकारकर्मी अन्सारी, अधिवक्ता ओमप्रकाश अर्याल, बिमल अर्याल, मनकुमार भुर्तेल, कौशिला वागवान, गीता चमार र बसन्त रन्जितकारले हस्ताक्षर गरेका छन् ।

चार बुँदे सहमति

१. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति गरियो ।

२. यस विषयमा निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी आन्दोलनरत व्यक्तिहरू समेतलाई अभियुक्तहरूको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयहरू छलफलमा उठान भएकोले निजहरूको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायहरूलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति गरियो ।

३. यस सम्बन्धमा भएको छानबिन प्रतिवेदनमा औंल्याइएका विषयहरू कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, यसअघि भएका पत्राचार, कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने, कार्यान्वयनका लागि ुफलोअपु गर्ने सहमति गरियो ।

४. उल्लेखित विषयलाई लिएर आमरण अनशनमा रहेकी रुबी खानले आजकै मितिबाट अनशन तोड्ने, निजसहितका आन्दोलनरत व्यक्तिहरूले धर्नासहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति गरियो ।