२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

परीक्षामा २० अङ्क सित्तैमा !

परीक्षामा २० अङ्क सित्तैमा !
अ अ+ अ-

काठमाडौँ । टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ । स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन् तर वार्षिक परीक्षामा २० अङ्क सित्तैमा पाउने गरेका छन् ।

विद्यापीठका खगोल ज्योतिष विषयका डा. सहप्राध्यापक जयन्त आचार्यले विद्यार्थीलाई टेलिस्कोपको प्रयोग गर्न लगाई प्रयोगात्मक परीक्षा लिनुपर्नेमा कहिल्यै पनि त्यस्तो अवसर प्राप्त हुन नसकेको गुनासो गर्दै भन्नुभयो, “टेलिस्कोपबाट ग्रहको अध्ययन हेर्नुपर्ने हुन्छ तर विद्यार्थीले थन्क्याइएको टेलिस्कोप टाढाबाटै हेरे पुग्छ, परीक्षामा अङ्क पाउँछन् ।

यो हाम्रै कमजोरी हो ।” नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठको माथिल्लो तलामा २०४३ सालमा वेधशाला निर्माण गरिएको थियो । करिब एक सय केजीको टेलिस्कोप जापानबाट झिकाइएको थियो । विद्यापीठको एउटा कोठामा थन्क्याइएको सो टेलिस्कोप नेपालमा हालसम्म भित्रिएकामध्ये सबैभन्दा ठूलो दाबी गरिँदै आएको छ ।

उहाँका अनुसार टेलिस्कोप राखिएको स्थान जीर्ण हुँदै गएपछि दुर्घटना सिर्जना हुन सक्ने भन्दै टेलिस्कोपलाई तलको कोठामा सारिएको छ । त्यसमा धुलो पर्ने भएकाले कपडाले छोपेर राख्ने गरिएको छ । कपडाको खोल आफूले नै बनाउन लगाएको बताउँदै उहाँले भन्नुभयो, “विद्यार्थीलाई टाढैबाट यसले यस्तो काम गर्छ भनेर मात्र सिकाउँछौँ ।”

खगोल ज्योतिष विषयमा ग्रहको अध्ययन गरी हिसाब सिकाउन टेलिस्कोपको प्रयोग अनिवार्य पर्छ । विगतमा सो टेलिस्कोप राख्ने गरिएको वेधशालामा फलामको डोम रहेको छ । नजिकैको घिर्नीले सो डोमलाई खोलेपछि आकाश देखा पर्छ । लामो समयदेखि डोम नखोलिएकाले ‘जाम’ भइसकेको छ । “अब डोम पनि बन्द हुँदैन । पानी परेका बेला वेधशाला जलमग्न हुन्छ । त्यहाँको पानी तल कोठासम्म आइपुग्छ,” विद्यापीठका सहप्राध्यापक डा.आचार्यले भन्नुभयो । उहाँले दुई दशकभन्दा बढी समयदेखि टेलिस्कोप थन्किएको बताउँदै बजेटका लागि माग गर्दा कसैले पनि वास्ता नगरेको गुनासो गर्नुभयो ।

प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकालले आफू २०५६ सालमा सेवा प्रवेश गरेको बताउँदै भन्नुभयो, “मैले जागिर खाएदेखि टेलिस्कोप चलेको देखेको छैन । वेधशाला मर्मतका लागि विगतमा पनि विश्वविद्यालयबाट बजेट दिइएको थिएन, यस पटक पनि छैन । आर्थिक अभाव भएकाले वेधशाला मर्मतका लागि दाता खोजी गरिरहेका छौँ । फेला पार्न सकेका छैनौँ ।” -गोरखापत्र साभार