२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुङ संस्कृतिमा ‘रिमै’



अ+ अ-

काठमाडौँ। नेपाली चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति हेर्न पाइने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले गुरुङ संस्कृति बुझ्ने महत्त्वपूर्ण दस्तावेज ‘रिमै’ बन्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई यसमा समेटिएको छ । भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो चलचित्र उपयोगी हुने मैले ठानेको छु । विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृतिमा चलचित्रको कथा तयार पारिएको छ ।”

उहाँले ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी–चेली’ भएता पनि सन्दर्भअनुसार ‘तरुनी’को रूपमा प्रयोग गरिने बताउनुभयो । अन्तिम संस्कारका लागि गुरुङ समुदायमा छोरी अनिवार्य मानिने संस्कृतिलाई चलचित्रमा देखाइएको उहाँको भनाइ छ ।

“गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्त्वपूर्ण छ”, अभिनेता राईले भन्नुभयो ।

चलचित्रकी अभिनेत्री रिश्मा गुरुङले चलचित्र हेरेपछि गुरुङ समुदायमा छोरीको महत्व झनै प्रस्टिने जानकारी दिनुभयो । आफैँ गुरुङ समुदायको भएकाले पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रुपमा प्रचार गर्ने अभिनेत्री गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

“म यो चलचित्रमा जोडिनुको एउटा कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो । पुर्खाले सिकाउनुभएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भएको हो । मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ”, अभिनेत्री गुरुङले भन्नुभयो ।

उक्त चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा लेखन, शैलेन्द्रध्वज कार्कीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन रहेको छ । चलचित्र यही भदौ २० गतेदेखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । रासस