२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

सहसचिवहरूको फेरि सरूवा, सरकारको कार्यशैलीप्रति कर्मचारी असन्तुष्ट

सहसचिवहरूको फेरि सरूवा, सरकारको कार्यशैलीप्रति कर्मचारी असन्तुष्ट
अ अ+ अ-

काठमाडौँ । दिनदिनै कर्मचारी सरूवा गरिरहेको सरकारले १० जना सहसचिवको सरुवा गरेको छ । केही समयअघि मात्र सरूवा गरिएका वरिष्ठ अधिकृतहरू फेरि सरूवामा परेका छन् ।

सरकारले छिटो छिटो सरूवा गरेको भन्दै आलोचना हुन थालेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार मन्त्रीस्तरीय निर्णयबाट ८ जना प्रशासन, एक जना स्वास्थ्य र एक जनरल इन्जिनियरिङ गरी १० जना सहसचिवको सरुवा गरको छ ।

प्राप्त विवरणअनुसार कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यको सोही प्रदेशको आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिलाका सचिव चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

केही दिनअघि मात्रै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका राजेश्वर ज्ञवालीको गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका प्रवक्ता नारायण प्रसाद रिसालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

राजश्व प्रशासन तालिम केन्द्रका दिर्घराज मैनालीको प्रदेश नं. १ स्थित सामाजिक विकास मन्त्रालय, नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको समावेशी आयोग, केही दिनअघि मात्रै खारेजीमा परेसंगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव भरत अर्यालको झोलुंगे पुल डिभिजन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

पछिल्लो समय मन्त्रालयले कर्मचारीको सरुवामा तीव्रता दिएको छ । आवश्यकताका आधारमा तल्लो तहका कर्मचारीको व्यवस्थापन मात्रै होइन, उपसचिव र सहसचिवहरू नै छोटो छोटो अवधिमा पनि सरुवा भएका छन् ।