२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

सहसचिवहरूको फेरि सरूवा, सरकारको कार्यशैलीप्रति कर्मचारी असन्तुष्ट

सहसचिवहरूको फेरि सरूवा, सरकारको कार्यशैलीप्रति कर्मचारी असन्तुष्ट
अ अ+ अ-

काठमाडौँ । दिनदिनै कर्मचारी सरूवा गरिरहेको सरकारले १० जना सहसचिवको सरुवा गरेको छ । केही समयअघि मात्र सरूवा गरिएका वरिष्ठ अधिकृतहरू फेरि सरूवामा परेका छन् ।

सरकारले छिटो छिटो सरूवा गरेको भन्दै आलोचना हुन थालेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार मन्त्रीस्तरीय निर्णयबाट ८ जना प्रशासन, एक जना स्वास्थ्य र एक जनरल इन्जिनियरिङ गरी १० जना सहसचिवको सरुवा गरको छ ।

प्राप्त विवरणअनुसार कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यको सोही प्रदेशको आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिलाका सचिव चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

केही दिनअघि मात्रै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका राजेश्वर ज्ञवालीको गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका प्रवक्ता नारायण प्रसाद रिसालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

राजश्व प्रशासन तालिम केन्द्रका दिर्घराज मैनालीको प्रदेश नं. १ स्थित सामाजिक विकास मन्त्रालय, नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको समावेशी आयोग, केही दिनअघि मात्रै खारेजीमा परेसंगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव भरत अर्यालको झोलुंगे पुल डिभिजन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

पछिल्लो समय मन्त्रालयले कर्मचारीको सरुवामा तीव्रता दिएको छ । आवश्यकताका आधारमा तल्लो तहका कर्मचारीको व्यवस्थापन मात्रै होइन, उपसचिव र सहसचिवहरू नै छोटो छोटो अवधिमा पनि सरुवा भएका छन् ।