४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण



अ+ अ-

झापा। झापाको बिर्तामोड नगरपालिकाले यहाँका नौ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । नगरपालिकामा आज आयोजित एक कार्यक्रमबीच बिर्तामोड–७ का उनीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

वर्षौंदेखि जग्गाधनी पूर्जाको पर्खाइमा रहेका बिर्तामोड–७ का निरानध्वज लिम्बू, अमृतबहादुर लिम्बू, निर्मला लिम्बू, हरिकला मगर, मसिप्रकाश राई, आइतराज लिम्बू, मैतिमाया लिम्बू, गुरुदेव घिमिरे र कृष्णबहादुर थापालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

जग्गाधनी पूर्जा वितरण गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रक्रिया पूरा भएका अन्य नगरवासीलाई चाँडै पूर्जा वितरण गरिने बताउनुभयो ।

बिर्तामोड–७ का वडाध्यक्ष अविरलकृष्ण खरेलले वडाहरुले प्रक्रिया अघि बढाइरहेकाले नगरका एक हजार २०० भन्दा बढी भूमिहीन सुकुम्वासीलाई पूर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बिर्तामोड–७ मा ३९ दलित, ९३ सुकुम्वासी र २७७ अव्यवस्थित परिवार छन् ।

जग्गा स्रेस्ता, मोठ कायम गरेर वितरण गरिएकाले बैङ्कमा कारोबार गर्न पाउने भए पनि १० वर्षसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था रहेको भूमि समस्या समाधान आयोग बिर्तामोडका प्रमुख विमल पोखरेलले जानकारी दिनुभयो । रासस