२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण



अ+ अ-

झापा। झापाको बिर्तामोड नगरपालिकाले यहाँका नौ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । नगरपालिकामा आज आयोजित एक कार्यक्रमबीच बिर्तामोड–७ का उनीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

वर्षौंदेखि जग्गाधनी पूर्जाको पर्खाइमा रहेका बिर्तामोड–७ का निरानध्वज लिम्बू, अमृतबहादुर लिम्बू, निर्मला लिम्बू, हरिकला मगर, मसिप्रकाश राई, आइतराज लिम्बू, मैतिमाया लिम्बू, गुरुदेव घिमिरे र कृष्णबहादुर थापालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

जग्गाधनी पूर्जा वितरण गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रक्रिया पूरा भएका अन्य नगरवासीलाई चाँडै पूर्जा वितरण गरिने बताउनुभयो ।

बिर्तामोड–७ का वडाध्यक्ष अविरलकृष्ण खरेलले वडाहरुले प्रक्रिया अघि बढाइरहेकाले नगरका एक हजार २०० भन्दा बढी भूमिहीन सुकुम्वासीलाई पूर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बिर्तामोड–७ मा ३९ दलित, ९३ सुकुम्वासी र २७७ अव्यवस्थित परिवार छन् ।

जग्गा स्रेस्ता, मोठ कायम गरेर वितरण गरिएकाले बैङ्कमा कारोबार गर्न पाउने भए पनि १० वर्षसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था रहेको भूमि समस्या समाधान आयोग बिर्तामोडका प्रमुख विमल पोखरेलले जानकारी दिनुभयो । रासस