१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम

कोसीमा भारतले काम थाल्दा विरोधमा उत्रिएका सप्तरीको हनुमाननगरवासी

कोसीमा भारतले काम थाल्दा विरोधमा उत्रिएका सप्तरीको हनुमाननगरवासी
अ अ+ अ-

राजविराज । नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका(१२ का बासिन्दा विरोधमा उत्रिएका छन्। स्वास्थ्य र सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी भारतीय र अन्यत्र जिल्लाका मजदुर ल्याएर कोरोना भित्र्याउन खोजेको भन्दै उनीहरूले सडक अवरुद्ध पारे। हनुमाननगर कंकालिनी नगरपालिका(१२ का मो। साबिरले भने, ‘हामीले आफ्नै ठाउँमा सीप प्रयोग गर्न पाएका छैनौं, बालबालिका भोकै छन् तर सीमापारिबाट हुल बाँधेर आएका भारतीय काम गरिरहेका छन्।’ कोरोनाको भयले आवतजावत गर्ने डुंगासमेत बन्द गरिँदा माछा मार्ने काम ठप्प भएको जनाउँदै उनले बाँधको स्पर मर्मतका लागि भारतीय मजदुर ल्याएर कोरोना भित्र्याइरहेको आरोप लगाए। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति अपनाउनुपर्ने सामान्य सतर्कतासमेत नअपनाई भारतीय ठेकेदारले काम गरिरहेकोे भन्दै स्थानीय सूर्यनारायण मण्डलले विरोध जनाए।

कोसी बाँधको पूर्वतर्फ मर्मतका लागि कर्मचारी तथा मजदुर भारततर्फबाट आई मर्मत गर्न÷गराउन सहजीकरणका लागि भारतीय पक्षले वैशाख ६ गते अनुरोध गरेको थियो। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको सर्त पालना गर्ने/गराउने व्यवस्था मिलाई मर्मत गर्न अनुमति दिएपछि बाँधको काम सुरु भएको हो। कोसी योजना विराटनगरका सम्पर्क सह भू–अर्जन कार्यालयले समेत सर्तहरू पालना गरेर मात्र काम गर्न बाँध नियन्त्रण एवं जल निस्सरण जल संसाधन विभाग वीरपुरलाई वैशाख १३ गते शनिबार पत्राचार गरेको छ। अनुमति पत्रमा नेपाल प्रवेश अगाडि संक्रमित नभएको प्रमाण पेस गर्नुपर्ने, नेपाल प्रवेशपछि स्वास्थ्य जाँच गर्नुपर्ने, मजदुर र कर्मचारीले सामाजिक दूरी कायम गर्ने, अलग क्याम्पमा बस्नुपर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालन गर्नुपर्ने उल्लेख छ।

सुपरभाइजरसहितको केही प्राविधिक कर्मचारी भारतीय रहे पनि मजदुरहरू नेपाली नै राख्नुपर्ने गरी अनुमति दिएको जानकारी दिँदै सप्तरीका सीडीओ सुनील खनालले कामको सम्पूर्ण विवरणसहित कागजात सम्पर्क सह भू-अर्जन अधिकृत सन्तोषकुमार चोङवाङसँग माग गरिएको बताए। चोङवाङले वर्षा आउनुअघि नै काम नभएमा बाढीले दुःख दिन सक्ने भएकाले नेपाली मजदुरबाटै काम गराउने गरी सीमित भारतीय प्राविधिक मात्र आउन पाउने सर्तमा सतर्कतासाथ काम गर्न अनुमति दिएको बताए। स्थानीय भने भारतबाट कर्मचारी र मजदुर आएर काम गराउँदा स्वास्थ्य जाँच र लकडाउनको सामान्य नियमसमेत पालना नभएको बताउँछन्। सामाजिक दूरीसमेत कायम नगरी हुल बाँधेर मर्मत गर्न थालिएको राहुल मण्डलको आरोप छ। महामारी फैलिरहेका बेला स्पर मर्मत कार्यमा लकडाउनको सामान्य नियमसमेत पालना नगरी हुलका हुल मजदुर दैनिक रूपमा ल्याएर काम गराउनु डरलाग्दो भएको स्थानीय बासिन्दासमेत रहेका पूर्व उपसभामुख गंगाप्रसाद यादवले बताए।

भारतको सीमावर्ती जिल्लामा धमाधम कोरोना संक्रमित पुष्टि भइरहेको र सीमा जोडिएको भारत बिहारमा संक्रमितको संख्या बढिरहेको अवस्थामा त्यहाँबाट कर्मचारी र मजदुर ल्याएर काम गर्नु गम्भीर गल्ती हुने उनको भनाइ छ।

‘वडा कार्यालयसँग कुनै समन्वय छैन’, वडाध्यक्ष रामदेव मुखियाले भने, ‘बाढी नियन्त्रणका लागि कोसी बाँधको स्पर मर्मत आवश्यक भए पनि स्थानीय गरिबको डुंगामा ताला लगाएर अरूबाट काम गराउनु गलत हो।’ पचासौं मजदुरलाई सामाजिक दूरी कायम गरेर काम गराउने अवस्था नदेखिएको भन्दै स्थानीय महिला, बालबालिका समेतले सडक नै अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय हनुमाननगर इन्स्पेक्टर कमलकुमार लुंगेलीले जानकारी दिए।

भारतीय ल्याएर काम गराउनु गलत भएको भन्दै मानिक मुखियाले कोरोनाले निम्त्याएको महामारी नियन्त्रण गर्न सीमामा थप कडाइ गर्नुपर्ने बताए। अन्नपुर्णपोष्ट दैनिक