१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम

औषधिको नाममा लागूऔषधको धन्दा !

औषधिको नाममा लागूऔषधको धन्दा !
अ अ+ अ-

काठमाडौँ। बन्दाबन्दीको मौका छोपी औषधिजन्य सामग्री ओसारपसार गर्ने नाममा केही व्यक्ति लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको पाइएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा करिब एक सय जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालयले प्रदेश ३–००२–१२ प ७४७९ नम्बरको मोटरसाइकल चढेर काठमाडौँबाट रौतहट जाँदै गरेका नरबहादुर गोलेलाई गत बिहीबार साँझ दक्षिणकाली चाल्नाखेलस्थित खहरे सडक चोकबाट पक्राउ गर्यो । उनीबाट चार सय ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार रौतहट चन्द्रनिगाहपुर–४ निवासी अभियुक्त गोले काठमाडौँ प्रहरीको आँखा छलेर दक्षिणकाली हुँदै मोटरसाइकलमा लागूऔषध खैरो हिरोइन, नाइट्रोभेट ट्याब्लेट सात पिस र एक लाख २२ हजार नौ सय रुपियाँ बोकेर गृहजिल्ला घर फर्किंदै थिए ।

बन्दाबन्दी कार्यान्वयनका लागि चाल्नाखेल सडकमा खटिएका प्रहरीले शङ्का लागी सवारी पास तथा मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त परिमाणको लागूऔषध र नगद बरामद भएको महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । त्यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका–६ स्थित सडकमा बा। १२ च ६२९९ नम्बरको गाडी सवारी पासबिना नै गुडिरहेको फेला परेपछि थप अनुसन्धान गर्दा यही बुधबार ४६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गाडीमा सवार कैलाली टीकापुर नगरपालिकाका २८ वर्षीय राजन रावल, लम्की चुवाका २९ वर्षीय रोशन कडायत, दैलेख दुल्लुका २७ वर्षीय आकाश शाह र टीकापुरका ३३ वर्षीय रमेश न्यौपाने पक्राउ परेका छन् ।
अभियुक्तहरूले लक डाउनमा लागूऔषध कारोबार गर्ने योजना अनुरूप औषधि व्यवसायसम्बन्धी कागजपत्र तयार पारी सवारी साधन प्रयोग गरी उक्त अपराध गर्ने गरेको पाइएको छ । गाडीको स्टेरिङभित्र कालो रङको प्लास्टिकमा पोको पारी लुकाई राखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

यस्तै विराटनगर दरैयास्थित को। ३६ प ५५६० नम्बरको मोटरसाइकलमा सवार ३४ वर्षीय दीनबन्धु मोदी ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका छन् । उनका साथबाट डाइलेक्स डीसी १५ बोतल, नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोसिभेन प्लस २४ ट्याब्लेट बरामद भएको छ । औषधिजन्य सामग्री ओसारपसार गर्ने सवारी साधनलाई प्रहरीले समेत कडाइका साथ जाँच नगर्ने भएकाले मुलुकभर लागूऔषध कारोबारी सक्रिय भएको भनाइ प्रहरीको छ । पक्राउ परेका अधिकांश अभियुक्त पेशेवर कारोबारी भएको प्रहरीको ठहर छ । नेपाल–भारत सीमा सिलबन्दी गरेसँंगै लागूऔषध कारोबारीले वैकल्पिक मार्ग प्रयोग गर्नुका साथै सवारी साधनको अधिकतम प्रयोग गर्ने गरेका छन् ।

प्रहरीका अनुसार बन्दाबन्दी सुरु भएको चैत ११ गतेदेखि वैशाख १८ गतेसम्म करिब एक सय जना पक्राउ परेका छन् । उनीहरूका साथबाट ठूलो मात्रामा विभिन्न किसिमको लागूऔषध, केही नगद र ५० वटाभन्दा बढी सवारी साधन बरामद भएका छन् । केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरोले औषधिजन्य सामग्री ओसारपसारका नाममा अवैध लागूऔषध भित्रिनेमा प्रहरी सचेत रहेको बताएको छ । त्यस्तै सवारी पास तथा औषधिजन्य सामग्री ओसारपसारमा संलग्न व्यक्ति तथा सवारी साधनमाथि समेत निगरानी राख्ने र सवारी साधनहरूको सुरक्षा जाँचमा कडाइ गर्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यका, तराईका जिल्ला तथा राजमार्गमा गुड्ने सवारी साधनमाथि निगरानी बढाउने तयारी गरेको हो । गोरखापत्र दैनिक