११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति रविलाई भेट्न नख्खु पुगे रुपन्देही–३ का उम्मेदवार आकांक्षी



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षीहरू पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु पुगेका छन् ।

पार्टीले आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि ९ जना आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने भैरहवा कारागारबाट केही समयअघि मात्रै नख्खु सारिएको थियो ।

रास्वपाले आज दिउँसो साढे १ बजे सचिवालय बैठक बोलाएको छ । बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।

छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल रहेका छन् ।




भर्खरै