२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

मधेशमा जाडो बढ्यो

मधेशमा जाडो बढ्यो
अ अ+ अ-

जलेश्वर । महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित  पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ ।  
        
जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरुको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून छ । चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीका सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिक रुपले कमजोर व्यक्तिहरु समेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघा, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।
    
यसैबीच, जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसानहरु पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएका छन् । जिल्लामा जाडो बढेको करिब तीन साता हुन लाग्दा पनि स्थानीय पालिकाद्वारा हालसम्म जाडोबाट बचाउनका लागि सहयोग गरेका छैनन् ।

विभिन्न सङ्घसंस्था, जिल्लाको दैवी प्रकोप व्यवस्थापन समिति, नेपाल रेडक्रस लगायतले आ–आफ्नो पूर्वतयारी थालेका थिए ।  गतवर्ष जाडो सुरु हुनासाथ प्रभावित गाउँबस्तीमा न्यानो बाँड्ने काम गरे पनि पनि यस वर्ष अहिलेसम्म कसैको कुनै पहल नदेखिएको जनगुनासो छ । गतवर्ष जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जाडो याममा सदरमुकाम जलेश्वरसहित जिल्लाको विभिन्न  बस्तीमा दाउरा वितरण गरे