७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

‘गौराघर’मा गौरा भित्र्याइयो

‘गौराघर’मा गौरा भित्र्याइयो
अ+ अ-

कञ्चनपुर। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको तेस्रो दिन आज गौरादेवीलाई घरमा भित्र्याइएको छ ।

आज व्रतालु महिलाले नजिकैको खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाएर ‘गौरादेवी’ लाई घरमा भित्र्याएका हुन् ।

खेतबाट धान, साँउधान, कुर्जोलगायत सङ्कलन गरी रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाई गौरा घरमा ल्याउने चलन रहिआएको लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिनुभयो ।

“गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ, एउटा काठको पिर्कोमा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गर्ने परम्परा छ”, उहाँले भन्नुभयो, “साँझपख व्रतालु महिला गौराघरमा जम्मा भई ब्रहमण बोलाएर गामूर्तिमा अभिषेक गरी पञ्चपूर्वाङ्गसहित गौरामहेश्वरको पूजाआजा गर्दछन् ।”

भट्टले आज विशेष किसिमका सात वटा गाँठा भएको धागोलाई गौरामा चढाएर अभिषेक गरेपछि महिलाले घाँटीमा धारण गर्ने जानकारी दिनुभयो ।

“भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल वा कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

यो वर्ष उज्याली गौरा परेकाले पहिलोपटक दुवधागो लगाउनका लागि उत्तम मानिएको व्रतालु पुष्पा पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाहित नारीले आफ्नो कूल, परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवितका रूपमा दुवधागो लाउने प्रचलन छ ।” उज्याली गौरा परेको वर्ष सर्वप्रथम पुत्रदा एकादशीको व्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने उहाँले जानकारी दिनुभयो ।

अष्टमी गौराको महत्त्वपूर्ण दिन हो । यसलाई अठ्यावाली भन्ने गरिन्छ । यो दिन महिलाहरूले सगुन फागसहित गौरालाई गौरा हुँदै आइरहेको आँगनमा लगेर राख्छन । सबै महिलाहरू जम्मा भई अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा गर्ने परम्परा रहेको व्रतालु सरस्वती जोशीले बताउनुभयो ।

“अठ्यावाली पूरा भएपछि फलफट्काउने काम गरिन्छ, दुई जना पुरुषले च्यादरमा गौरामा चढाएका फलफूल तथा बिरुडालाई पूर्व, पश्चिम, उत्तर, दक्षिण र आकाशतिर फाल्ने गरिन्छ”, उहाँले भन्नुभयो, “आकाशमा फालिएका बिरुडालाई प्रसादका रूपमा व्रतालु महिला तथा उपस्थित सबैले ग्रहण गर्दछन् ।” उहाँका अनुसार महिलाले आफ्ना पति, परिवारलगायत घरका सबै सदस्यको बिरुडाले टाउको पूज्ने र आशीर्वाद लिने/दिने चलन छ ।

साउन महिनाको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्रचीन कालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीको रूपमा पूजा गरिँदै आइएको जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्वका अवसरमा यहाँका विभिन्न स्थानमा देउडा खेलका साथै पुरुषले ढोलक र मिजुराका साथै स्थानीय देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुष्को, धमारी, ठाँडोखेल, चैतलगायत नृत्य प्रस्तुत गर्छन् ।  रासस