१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई लिङदेनको चुनौतीः आवश्यक परे झापा ५ मा प्रतिष्पर्धा गरौँला



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा सहभागी हुन चुनौति दिनुभएको छ ।

शनिवार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दैै उहाँले यस्तो चुनौति दिनुभएको हो । उहाँले जनतामा धेरै नै लोकप्रिय छु भन्ने लागेको भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा प्रतिष्पर्धा गर्न चुनौति दिनुभयो । उहाँले आवश्यक परे झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने पनि स्पष्ट पार्नुभयो । राजेन्द्र लिङदेन एउटा सांसद जित्नु र नजित्नु भन्दा माथि छ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री, मन्त्री र सांसद जित्नु आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अस्ति प्रधानमन्त्रीले आफ्नो कार्यकर्तालाई ब्रिफिङ गर्ने बेलामा भन्नुभएछ । अब त्यो राजेन्द्र लिङदेन भन्ने मान्छेले झापामा कहाँबाट जित्दो रहेछ हेरौँला भन्नुभएछ । त्यो भनेको त थर्काएको कुरा भयो नि त होइन ? होइन हजुर मैले त त्यस्तो भनेको छैन, हामी त मिल्नैपर्छ नि भनेको छैन । म आजबाट यहाँबाटै शालिनतापूर्वक जवाफ के दिन  चाहन्छु भने हाम्रो केही सहकार्य भयो । राजेन्द्र लिङदेन एउटा सांसद जित्नु र नजित्नु भन्दा माथि छ भन्नेकुरा उहाँले बुझिदिनुपर्छ । म सांसद त के बाँकी जीवन एउटा वडाको सदस्य नभएर मर्न तयार छु तर यो भ्रष्ट व्यवस्थाको विरुद्ध उभिन्छु भनेर आएको हुँ । म आगामी दिनमा मन्त्री, प्रधानमन्त्री, सांसद हुन्छु की हुन्न भनेर हिँडेको मान्छे होइन । एउटा सांसद जित्नु मात्रै मेरो उद्देश्य होइन । समयले खोजेछ भने झापा ५ टाढा होइन, राजेन्द्र लिङदेन त्यहाँ गएर लड्न सक्छ ।’

अध्यक्ष लिङदेनले प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थासहित ०८४ को निर्वाचनमा प्रतिष्पर्धा गर्न चुनौति दिनुभयो ।