१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय निजामति विधेयक भनेको ‘कुलिङ अफ पिरियड’ मात्रै भन्ने पारियोः मन्त्री न्यौपाने



अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडलाई धेरै बहस र प्रचार गरिएकोप्रति असन्तुष्टी जनाउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको शनिवार बसेको बैठकमा भएको संघीय निजामति सेवा विधेयक माथीको दफावार छलफलमा उहाँले उक्त असन्तुष्टी व्यक्त गर्नुभएको हो । संघीय निजामति विधेयक भनेको नै कुलिङ अफ पिरियड मात्रै हो भने जसरी बहस गरिएको उहाँको भनाई छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा कुलिङ अफ पिरियडमा भएको छलफलले अन्य महत्वपूर्ण विषयलाई ओझेलमा पारेको उहाँले बताउनु भयो । निजामति कर्मचारीहरुको नियुक्ति, सरुवा, संघियताको मर्म अनुसारको व्यवस्थापन, पदपूर्ति लगायतका धेरै महत्वपूर्ण विषयहरुमा छलफल आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘कुलिङ अफ पिरियडको बारेमा चाहीँ अहिले धेरै यो संघीय निजामति ऐन जारी गर्ने यो विधेयकको छलफल हुँदै गर्दाखेरी चाँही प्रतिनिधि सभामा जुन खालको जसरी छलफल भयो । जसरी बहस भयो । सचिवज्यूले पनि भन्नुभयो, यो विधेयक कसरी आयो, किन आयो, कसले ल्यायो, त्यो कुरा छँदैछ । तरपनि प्रतिनिधि सभा आईसकेपछि राज्य व्यवस्था समितिमा त्यो विधेयकमा यसरी छलफल भयो । यो विषय चाहीँ र बाहिर आम रुपमा चाहीँ के प¥यो भन्दाखेरी संघीय निजामति विधेयक भनेको कुलिङ अफ पिरियड मात्रै हो रहेछ कि भन्ने जस्तो प्रचार भयो । त्यो बाहेक अरु धेरै महत्वपूर्ण कुरा छन् । निजामति कर्मचारीहरुको नियुक्तीको विषय छ, सरुवाको विषय छ, व्यवस्थापनको विषय छ । यो संघियताको मर्म अनुसार कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ, पदपुर्तीको विषय छ । धेरै विषयहरु छन् । तर त्यो कुलिङ अफ पिरियड मात्रै हो की भन्ने हिसाबले धेरै चर्चा भएर आज पनि सबैका कान ठाडा किन छन् भने राष्ट्रिय सभाले त्यो कुलिङ अफ पिरियडलाई के गर्छ ? भन्ने विषयले सबैको ध्यान जति त्यता छ ।’

प्रतिनिधि सभामा कुलिङ अफ पिरियडको सन्दर्भमा तीतो घटना घटेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सभाले सौहार्द्र रुपमा छलफल गरेर त्यसलाई टुंगोमा पुर्याउने बताउनु भयो ।