१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको शान विगतको जस्तो रहेन: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरुसँग आह्वान गर्नुभएको छ ।

काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताउनु भयो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने बताउनु भयो । सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने कामले मात्रै दलितहरुले अधिका नपाउने उहाँको भनाइ छ । आफ्नो शान पहिलाको जस्तो नरहेको पनि स्वीकार गर्नुभयो । विगतमा निर्वाचनमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर गएको स्मरण गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामी सबै एक ढिक्का भएर सडकमा जाने हो । हामी आन्दोलनमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब । नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरुले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन । हामीलाई शक्ति चाहिन्छ । हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन नि । राप थियो, ताप थियो, वाइसिएल थियो, सेना थियो । क्यान्टेनमेण्ट भएपनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त …..। छैन ।’

अध्यक्ष दाहालले फेरि सेना बनाउनुपर्ने भन्नेकुरा आफूले नभनेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन जरुरी रहेको बताउनु भयो । चाडपर्व सकिएपछि सडकलाई नै मुख्य रुपमा प्रयोग गरेर अघि बढ्ने बताउनु भयो ।