काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । उनले चीन भ्रमणमा हिँडेका प्रधानमन्त्रीलाई केही सुझावसमेत दिएका छन् ।
महानगर प्रमुख बालेनले आज सामाजिक सञ्जालमार्फत लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।
महानगर प्रमुख बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुन: सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।
नेपालको लिपुलेक नाकाबाट व्यापार पुन: सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।
All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।










