२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक हस्तक्षेप कूटनीतिक तवरले समाधान गर्नुपर्छ : अध्यक्ष नेपाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी मुलुक भारत र चीनले गरेको व्यापारिक सम्झौता मुलुकको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताउनुभएको छ ।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ७ द्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले नेपालको सिमाना लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले दुई देशबीचको व्यापारिक प्रयोजनका लागि गरिएको उक्त सम्झौताले मुलुकको राष्ट्रियतामाथि आँच आएको बताउँदै त्यस्तो गतिविधि हुन नदिन सरकारले कूटनीतिक माध्यमबाट पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले विगतमा पठाएको कूटनीतिक नोटहरूले यस्तो सम्झौता रोकिएको बताउँदै उहाँले महाकाली सम्झौतामा कालि नदीलाई सीमा मानिएकाले त्यसलाई अवरोध गर्नेगरी भएका हस्तक्षेपको कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) सम्झौता पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरिएकाले त्यो राष्ट्रियताको भावनाविपरीत कार्यान्वयन हुन नसक्ने उल्लेख गर्नुभयो ।

देशमा कम्युनिष्ट आन्दोलनमा उतारचढाव आएकाले कम्युनिष्ट नेतृत्वको सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उहाँले अहिले उनीहरू असन्तुष्ट रहेकाले वामपन्थी शक्तिलाई गोलबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

समाजवादी मोर्चालाई थप सुदृढ गरी विभिन्न रूपमा विभाजित कम्युनिष्ट शक्तिबीच एकताबद्ध गरिने बताउँदै अध्यक्ष नेपालले त्यसको आधार बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद हुने प्रष्ट पार्नुभयो ।

बागमती प्रदेशमासभा सदस्य वसन्त मानन्धरले संवैधानिक निकायमा भागवण्डाले विकृति ल्याउने भएकाले त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मुलुकको प्रत्येक क्षेत्रमा बिचौलिया हाबी भएकाले विकास निर्माणका कार्यले गति लिन नसकेको बताउँदै त्यसका असरले युवा श्रमशक्ति पलायन भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य विष्णु अर्याल र पार्टीको काठमाडौँ जिल्ला अध्यक्ष लेखराज पौडेलले नेपाली राजनीतिमा पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले पार्टी नीति, सिद्धान्त कार्यन्वयनमा प्रतिबद्धताको खाँचो औँल्याउनुभयो ।