१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धन्यवाद जिन्दगी’ कविता सङ्ग्रह विमोचन



oplus_2
अ+ अ-

काठमाडौँ। कवि रवि नेपालीद्वारा लिखित कविता सङ्ग्रह ‘धन्यवाद जिन्दगी’को आज यहाँ विमोचन गरिएको छ । उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले विमोचन गर्नुभएको हो ।

घिमिरेले साहित्य सृजनाका लागि कविता लेख्ने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कविता लेख्न गाह्रो छ, यसमार्फत जीवनका अनेकौँ आयामलाई समाजसँग जोड्न सकिन्छ ।”

कवि नेपालीले आफ्नो कृतिका बारेमा धारणा राख्दै सहज जीवन दर्शनलाई कवितामार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सजिलो जिन्दगी बाँचेर यो जिन्दगी जे छ रमाइलो छ । दुःखसुख दुवैको सङ्गमकै कारण जिन्दगी रमाइलो छ, त्यसैले धन्यवाद जिन्दगी ।”

साहित्यकार डा भागवत ढकालले रवि नेपालीको सृजनामा जागिरे जीवनभन्दा परको कलात्मक सामथ्र्य र विम्बात्मक अभिव्यक्तिलाई विशेषता बनाइएको टिप्पणी गर्नुभयो । त्यस्तै प्राध्यापक डा गार्गी शर्माले समाजमा देखेका र भोगेका कुरालाई प्रस्तुत गर्ने क्रममा कविले तिक्ततालाई समेत मिठासमा रूपान्तरण गर्न सफल भएको टिप्पणी गर्नुभयो ।

ललितकला प्रतिष्ठानका पूर्वउपकुलपति केके कर्माचार्य र प्राध्यापक डा कुमारप्रसाद कोइरालाले कृतिबारे आ–आफ्ना धारणा राख्दै नेपाली कवितामा यसले नयाँ चेतना थप्ने विश्वास व्यक्त गर्नुभयो ।रासस