२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धन्यवाद जिन्दगी’ कविता सङ्ग्रह विमोचन



oplus_2
अ+ अ-

काठमाडौँ। कवि रवि नेपालीद्वारा लिखित कविता सङ्ग्रह ‘धन्यवाद जिन्दगी’को आज यहाँ विमोचन गरिएको छ । उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले विमोचन गर्नुभएको हो ।

घिमिरेले साहित्य सृजनाका लागि कविता लेख्ने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कविता लेख्न गाह्रो छ, यसमार्फत जीवनका अनेकौँ आयामलाई समाजसँग जोड्न सकिन्छ ।”

कवि नेपालीले आफ्नो कृतिका बारेमा धारणा राख्दै सहज जीवन दर्शनलाई कवितामार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सजिलो जिन्दगी बाँचेर यो जिन्दगी जे छ रमाइलो छ । दुःखसुख दुवैको सङ्गमकै कारण जिन्दगी रमाइलो छ, त्यसैले धन्यवाद जिन्दगी ।”

साहित्यकार डा भागवत ढकालले रवि नेपालीको सृजनामा जागिरे जीवनभन्दा परको कलात्मक सामथ्र्य र विम्बात्मक अभिव्यक्तिलाई विशेषता बनाइएको टिप्पणी गर्नुभयो । त्यस्तै प्राध्यापक डा गार्गी शर्माले समाजमा देखेका र भोगेका कुरालाई प्रस्तुत गर्ने क्रममा कविले तिक्ततालाई समेत मिठासमा रूपान्तरण गर्न सफल भएको टिप्पणी गर्नुभयो ।

ललितकला प्रतिष्ठानका पूर्वउपकुलपति केके कर्माचार्य र प्राध्यापक डा कुमारप्रसाद कोइरालाले कृतिबारे आ–आफ्ना धारणा राख्दै नेपाली कवितामा यसले नयाँ चेतना थप्ने विश्वास व्यक्त गर्नुभयो ।रासस