२ पुष २०८२, बुधबार
,
Latest
फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धार्मिक र सांस्कृतिक परम्परा संरक्षणमा समुदायको भूमिका अपरिहार्य’



अ+ अ-

धनुषा। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

ब्याहुत सेवा समिति कलवार कुट्टी जनकपुरधामद्वारा श्री बललभद्र जयन्ती पुजन समारोहलाई आज जनकपुरधाममा सम्बोधन गर्नुहुँदै उहाँले धार्मिक चेतना र सामाजिक एकता बलियो बनाउने खालका यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बलभद्र जयन्ती जस्ता पर्वले हामीलाई हाम्रो सांस्कृतिक जरा सम्झाइ रहन्छ ।” प्रदेशसभा सदस्य एवं पूर्व भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले संस्कृति र परम्परालाई जीवित राख्न यस्ता कार्यक्रम आवश्यक रहेकोे उल्लेख गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले समारोहमा शुभकामना मन्तव्य दिँदै नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमप्रति सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस