१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पले भत्काएका ५० हजार आवास पुननिर्माणको काम सम्पन्न



अ+ अ-

काठमाडौँ । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुननिर्माण सकिँदा घर पाउनेहरु खुशी भएका छन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् । 

जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम यूएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिव ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । अझै पनि गोरखामा भूकम्पबाट भत्किएका सास्कृतिक सम्पदाहरुको पुननिर्माण गर्नसके गोरखाको मुहार फेरिने स्थानीयहरुको भनाइ छ । ३ लाखमा सरकारले बनाइदिएको घरमा अहिले आनन्द महशुस गरिरहेको उनीहरु बताउँछन् ।

त्यस्तै गोर्खा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरु सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका कामहरु बाँकी रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरु पुननिर्माणका लागि ३ लाख रुपैयाँ दिएपनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गर्नुभयो ।

अध्यक्ष खनालले भन्नुभयो, ‘अहिले निर्माणसम्बन्धीका धेरै कामहरु भएका छन् । अधिकांश विद्यालयहरु बनिसकेका छन् । बन्न बाँकी भनेको धार्मिक संरचनाहरु, मठ, मन्दिरहरु बन्न बाँकी छन् । यद्यपी धेरै स्वास्थ्यचौकी र विद्यालयहरु बनिसकेका छन् । बन्ने क्रममा पनि केही छन् । तर नेपाल सरकारले ३ लाख रुपैयाँ भन्दा धेरै सहयोग गर्न सकेन । ३ लाखले पहाडी भेगमा घर बनाउन गाह्रो हुने रहेछ । स्थानीय निर्वाचन भइसकेपछि जनप्रतिनिधिहरुको दौडधुपले गर्दा केही नर्मल भयो । भुक्तानि दिने प्रक्रिया पनि अलि छिटो भयो । एक वर्ष यता नर्मल तरिकाबाट धेरै घरहरु बनिसकेपछि सामान्य बन्दै गएको छ । अहिले बनेका घरहरु जति बन्दैछन्, ती घरहरु भूकम्प प्रतिरोधी हुनुपर्ने, भनेर मापदण्ड नै स्थानीय तहले निकालेका छौँ ।’

आवास पुननिर्माणपछि स्थानीयहरु रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितीमा सुधार भएको बताउँछन् । यूएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरुबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिक स्तर बढ्दै गएको बताउँछन् । उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरुको भनाइ छ । आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुशी लागेको महशुस गर्नुहहुन्छ । उहाँ भन्नुहुन्छ, ‘डिपीआर गरिसकेपछि घर बनाउन सक्ने स्थिती भएन । त्यसपछि भारत सरकारले फेरि अर्को परियोजना ल्याएर जस्ताहरु सहयोग गरेर काम गर्नुभयो । एउटा घर जसरी भएपनि बनाउनु पर्ने भनेर सहयोग गर्नुभयो । यसको लागि भारत सरकारलाई मुरीमुरी धन्यवाद । त्यस्तो गर्दागर्दै पनि अहिलेको अवस्थामा केही घरहरु रोकिरहेको छ । रोकिएको घरहरुलाई सहजीकरण भनेर अन्तिम अवस्थामा हामीले आफैँ एनएस लागि परेर सहजीकरण ग¥यौं ।’

त्यस्तै सिक्स टेक्टिकल सर्भिसेस प्रा.लि.का दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनु भयो । उहाँले नेपालमा भूकम्पबाट सुरक्षित घरहरु निर्माण गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यूएनडिपी र भारत सरकारको सहयोगमा यो परियोजना सम्पन्न भएको छ । हामीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गरेका छौँ । यसमा हामी धेरै नै खुशी छौँ । हामीले सकेसम्म सुरक्षित घरहरु निर्माण गरेका छौँ ।’

त्यस्तै नेपाल स्थित भारतीय दुतावास उपप्रमुख  खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताउनु भयो । उहाँले यूएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्र्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारलाई भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको छ । यूएनडिपी र भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा गरी ५० हजार भन्दा धेरै आवास पुननिर्माण गरिएको छ । २०१५ को विनाशकारी भूकम्पमा परी भत्किएका घरहरुको पुनर्निर्माण गर्न पाउँदा हामी धेरै ने खुशी भएका छौँ । हामीले आवास क्षेत्रको पुनर्निर्माण पूरा रुपमा सकेका छौँ । भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सस्कृतिको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ । यी तीन क्षेत्रमा करिव २ सय प्रोजेक्ट गरेका छौँ । भारत नेपालको लागि विकासको साथी हो ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डाे काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुननिर्माणको काम पूर्णरुपमा सम्पन्न भएको बताउनु भयो । उहाँले यूएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताउनु भयो ।

उपप्रतिनिधि बुर्नान्डोले भन्नुभयो, ‘२०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम हामीले सकेका छौँ । भारतले गरेको सहयोग पनि यसमा सह्रानिय छ । यसमा हामीले सामाजिक र प्राविधिक र आर्थिक सहयोग धेरै गरेका छौँ ।’

उपप्रतिनिधि बेर्नान्र्डाेले पुननिर्माणका काममा आफूहरु हरेक कुरामा केन्द्रित रहेकोले सुरक्षित आवास निर्माण भएको दाबी गर्नुभयो । उहाँले नेपाललाई यो बाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।