११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया
अ अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन र उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालकै बजार पर्याप्त रहेको बताउनुभएको छ ।

आगामी मङ्सिरमा आयोजना हुन लागेका सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनका सन्दर्भमा आयोजित अन्तरक्रियामा उहाँले करिब तीन करोड जनसङ्ख्या भएको नेपाललाई लक्षित गरेर छिमेकी मुलुकहरूले उद्योग स्थापना गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगीले पनि घरेलु माग पूरा गर्ने वस्तु उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “हाम्रो पहिलो बजार आन्तरिक खपत हो, आवश्यक सबै सामग्री हामी आफैँ उत्पादन गर्नुपर्छ । नेपाली बजार सुरक्षित गर्नसके देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ, त्यसका लागि सबैभन्दा पहिले आयात प्रतिस्थापनका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्छ ।”

साथै, अन्य देशबाट नेपाल भित्रिने सामानमा नेपाल गुणस्तर अनिवार्य गर्ने र नेपालमै अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापना गरिने पनि उहाँले बताउनुभयो ।

अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी आकर्षित गर्न सडक पूर्वाधार विकास, कानुनी तथा संस्थागत सुधार, छुट–सुविधा र सहुलियत व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

उहाँहरूले कतिपय कानुन केन्द्रीय सरकारले बनाए पनि प्रदेशस्तरमा अधुरै रहेका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको बताउनुभएको छ । लगानीकर्ताका लागि उपयुक्त प्रस्तावना र विस्तृत परियोजना प्रतिवेदन उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।

मुख्यमन्त्री शाहले विगतको तुलनामा सुदूरपश्चिम प्रदेशमा भौतिक विकास भएको उल्लेख गर्दै प्रदेश भारत निर्यातको प्रमुख गन्तव्य बन्नसक्ने बताउनुभयो । भारतको उत्तराखण्ड र दिल्ली नजिक भएकाले सुदूरपश्चिमबाट निर्यात सहज हुने बताउँदै उहाँले लगानीकर्तालाई मङ्सिर १ र २ गते हुने सम्मेलनमा सहभागी हुन आग्रह गर्नुभयो ।

सरोकारवालाहरूले सुदूरपश्चिममा रहेका जडीबुटी, हर्बल, रेसाजन्य कच्चापदार्थको प्रशोधन, खानीजन्य सम्पदाको उपयोग तथा धार्मिक पर्यटनको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोडदिनुभयो ।