२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सुरक्षा समितिले शान्ति, विपद् र लागुऔषध नियन्त्रणमा कडा कदम चाल्ने निर्णय



अ+ अ-

काठमाडौँ। बागमती प्रदेश सुरक्षा समितिले प्रदेशभरि शान्ति सुरक्षा सुदृढीकरण, प्राकृतिक विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण र प्रमुख चाडपर्वमा सतर्कता कायम राख्न नयाँ रणनीति र निर्देशन जारी गरेको छ।

बुधबार साँझ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको अध्यक्षतामा सामाजिक सञ्जाल निगरानी, प्राकृतिक प्रकोप व्यवस्थापन र सुरक्षा सतर्कता विषयमा निर्देशन पारित गरिएको छ।

बैठकले वर्षा, बाढी र पहिरोबाट हुने क्षति कम गर्न उच्चस्तरीय पूर्वतयारी गर्न, अवैध हातहतियार नियन्त्रण गर्न र लागुऔषध उत्पादन तथा ओसारपसार रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

चाडपर्वको समयमा जनतालाई सुरक्षित राख्न सुरक्षा निकायले निगरानी र तयारी गर्नुपर्ने जिम्मेवारी पनि बैठकले दिएको छ। साथै, सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने वा द्वन्द्व सृजना गर्ने गतिविधि नियन्त्रण गर्न प्रदेश प्रहरीलाई आदेश दिइएको छ।

प्रदेश सुरक्षा समितिका संयोजक शिवराज अधिकारीका अनुसार यी कदमहरूले प्रदेशभरि शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग पुर्याउने विश्वास गरिएको छ।