११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

एमाले महासचिव पोखरेलसमक्ष प्रेस चौतारीको सुझाव

एमाले महासचिव पोखरेलसमक्ष प्रेस चौतारीको सुझाव
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवशेनका लागि प्रेस चौतारी नेपालले सुझाव पत्र बुझाएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलसमक्ष प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले महाधिवेशनको विधान संशोधन प्रतिवदेनमा समेट्नुपर्ने सुझावसहितको पत्र बुझाएको हो ।

चौतारीले दिएको सुझावपत्रमा पार्टी विधान संशोधन र राजनीतिक प्रतिवेदनमा समावेश गर्न माग गरिएको छ । मुख्यतः प्रेस स्वतन्त्रता, पार्टी नेतृत्वको कार्यकाल र उमेर सीमा, केन्द्रीय कमिटीको संरचना, सदस्यता व्यवस्था, सम्पर्क समन्वय कमिटी, संवैधानिक पदाधिकारीको राजनीतिक संलग्नता, युवा तथा महिलाको प्रतिनिधित्व, विभागीय मनोनयन, मिडिया कानुनलगायतका विषयलाई सुझाव पत्रमा समेटिएको प्रेस चौतारीका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

प्रेस चौतारीले पार्टी विधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’ भन्ने वाक्यांश राख्नुपर्ने माग गरेको छ । त्यस्तै, पार्टी सदस्यता संरचनामा ‘साधारण सदस्य’ वा ‘प्रारम्भिक सदस्य’को व्यवस्था गर्नुपर्ने, जनसङ्गठनमा सङ्गठित भएको एक वर्षभित्र पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने, सम्पर्क समन्वय कमिटी जनसङ्गठनले पनि गठन गर्न सक्नेलगायत प्रावधान थप्नुपर्ने सुझाव दिइएको छ ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, महिलासहित सात जना महाधिवेशन प्रतिनिधि उपलब्ध गराउनुपर्ने र राजनीतिक नियुक्तिमा सरोकारवाला सङ्गठनको सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

सुझाव पत्र हस्तान्तरण कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति थियो ।

एमालेले मातहतका कमिटीलाई महाधिवेशनमा समेटिने विधान संशोधन प्रस्तावमा सुझाव दिन आग्रह गरेको थियो । एमाले विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गरिएको छ । रासस