२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

बिहुँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

बिहुँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई
फाईल फोटो
अ अ+ अ-

बलेवा । एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ 

रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग सुन्तला बगानको केही माथिसम्म भएको हिमपातले बगान प्रवेश गरेन । किसान उत्साहित छन् ।

रोग, वर्षा र हिमपातबाट जोगाएको सुन्तला टिप्न यतिबेला काठेखोला गाउँपालिका–६, बिहुँका किसानलाई भ्याइनभ्याई छ । किसानकै सक्रियतामा खुलेको बिहुँकोट साना किसान कृषि सहकारी संस्थाले बगानमा रहेको एक तिहाइ सुन्तला गर्मीयामका लागि भण्डारण गर्दैछ । बिहुँकोटमा रहेको शीतभण्डारमा भण्डार गर्ने सुन्तला किसानले पहिलो चरणमा टिप्दैछन् । ३० टन क्षमताको शीतभण्डार भरिएपछि व्यापारीले सुन्तला खरिद गर्न पाउने किसान बालानन्द कँडेलले बताउनुभयो ।

“किसानहरुको सक्रियतामा चलेको सहकारी पहिलो प्राथमिकतामा छ, त्यसपछि हामी व्यापारीलाई सुन्तला बगान दिन्छौँ”, उहाँले भन्नुभयो, “अब फुल्ने बेला हुनै लाग्यो, सबै सुन्तलाका बोट खाली गर्नुपर्छ ।” बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।

बिहुँबाट वर्षेनी करोडौँको सुन्तला निर्यात हुन्छ । यहाँका किसानले करिब ३० हेक्टर जमिनमा सुन्तला लगाएको वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । यो वर्ष पनि एक मेट्रिक टन सुन्तला फलेको किसानको अनुमान छ । सहकारीले प्रतिकिलो रु ५० का दरले किसानको सुन्तला खरिद गरेको छ । एक मेट्रिक टन सुन्तला बजार पुग्दा रु पाँच करोड बिहुँ भित्रिने किसानको आशा छ । “प्रदेश सरकारको सहयोगमा शीतभण्डार निर्माण भएपछि फलेको सुन्तलामध्ये केही अशंले राम्रो मूल्य पाउँछ,” किसान कँडेलले भन्नुभयो, “उत्पादक किसानकै सहकारी भएकाले गर्मीयाममा पर्ने मूल्यमा खर्च कटाउँदा आउने मुनाफा पनि किसानले नै दामासाहीले पाउँछन् ।”

सहकारीलाई केही सस्तो मूल्यमा बिक्री गरेका किसानले व्यापारीलाई भने केही मूल्य बढाएर बिक्री गर्ने योजना बनाएका छन् । काठमाडौँ, धादिङ, पोखरा र भैरहवाबाट आएका व्यापारीले बिहुँमै बसेर सुन्तला कुरेको किसान बलानन्द कँडेलले बताउनुभयो । बिहुँको सुन्तला अन्य ठाउँको भन्दा रसिलो हुने भएकाले व्यवसायीले यहाँको सुन्तलामा बढी चासो दिने गरेको अनुभव किसानको छ । 

यहाँका किसानले खेतबारीमा रहेका रूखहरु फँडानी गरेर सुन्तलाको बगान थप व्यवस्थित बनाएका छन् । बगानमै पुग्ने डोके व्यापारीले यहाँको सुन्तला मङ्सिरदेखि नै सडक छेउमा राखेर बिक्री गर्दै आएका छन् । उनीहरुले समेत बगानबाट प्रतिकिलो रु ५० मा उठाएको सुन्तला बजारमा रु १०० का दरले बिक्री गर्ने गरेका छन् । परम्परागत खेती छोडेर व्यावसायिक सुन्तला खेतीमा लागेका किसानले पुराना बिरुवाको कलमी र नयाँ बिरुवा रोप्ने कामलाई समेत निरन्तरता दिएको वडाअध्यक्ष कँडेलले बताउनुभयो ।

काठेखोला गाउँपालिकाले बिहुँलाई सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरेर किसानलाई सहयोग गर्दै आएको छ । “हामीले एक वडा एक उत्पादनअन्तर्गत बिहुँमा सुन्तला उत्पादनलाई प्रोत्साहन गरेका छौँ, बिहुँको सुन्तला पनि हाम्रो गाउँपालिकामा आम्दानीका स्रोतमध्येको एक हो,” गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो, “किसानलाई बिरुवा, मल, प्रविधि र कीटनाशक औषधिमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ ।” (रासस)