४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान



अ+ अ-

टक्सार । सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् ।

टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताउनुभएको छ ।
वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गर्नुभएका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ । बजार व्यवस्थापन भने सहज नभएको उहाँको गुनासो छ ।

बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताउनुभयो । “त्यसैले बाँदरले नखाने ड्रागनफ्रुट, कागती, टिम्मुर र मेकाडियानट जस्ता फलफूल तथा नगदेबालीतर्फ जिल्लामा आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यही कमाउन सकिने उहाँको धारणा छ ।बाँझो जमिन सदुपयोग गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्नेमा किसान गौतमको जोड छ । रासस