२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त

उत्तर कोरियाद्वारा संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण
अ अ+ अ-

आणविक सशस्त्र मुलुक उत्तर कोरियाले यस वर्षको पहिलो शक्ति प्रदर्शन गर्दै बुधबार आफ्नो पूर्वी तटमा एक संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको  जापान र दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन् ।

पहिलो पटक प्रक्षेपणको रिपोर्ट गर्ने जापानका तटरक्षकले प्रक्षेपण ब्यालेस्टिक मिसाइल हुनसक्ने बताए पनि थप विवरण पुष्टि गर्न सकेका छैनन् ।

“गत वर्षदेखि उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्र प्रक्षेपण गरेको छ, जुन धेरै खेदजनक छ”, जापानी प्रधानमन्त्री फुमियो किशिदाले पत्रकारहरूसँग भन्नुभयो ।

रक्षामन्त्री नोबुओ किशीले संदिग्ध क्षेप्यास्त्र करिब ५०० किलोमिटर उडेको र जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको बताउनुभयो ।

योनहाप समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफ (जेसीएस) ले क्षेप्यास्त्र स्थानीय समयअनुसार बिहान ८ः१० मा जमिनमा आधारित प्लेटफर्मबाट पूर्वतर्फ प्रक्षेपण गरिएको बताएको छ।

“थप जानकारीको लागि, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले विस्तृत विश्लेषण गरिरहेका छन्”, योनहाप समाचार एजेन्सीले जेसीएसले पत्रकारहरूलाई पठाइएको सन्देशलाई उद्धृत गर्दै भनेको छ ।

यो परीक्षण उत्तर कोरियामा मुख्यतया महामारीबाट प्रभावित अर्थतन्त्रमा केन्द्रित रहेको प्रमुख पार्टी बैठकको समापनको केही दिनपछि भएको हो। यद्यपि उक्त बैठकमा नेता किम जोङ उनले देशको रक्षालाई बलियो बनाउने वाचा गरे पनि हतियारको विशेष उल्लेख गरेका थिएनन्।

प्योङयाङले गत वर्ष शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो र अक्टोबरमा उसले पनडुब्बीबाट प्रक्षेपित ब्यालिस्टिक मिसाइल (एसएलबीएम) को ‘नयाँ प्रकार’ परीक्षण गरेको बताएको थियो। सन् २०१९ पछि एसएलबीएमको यो पहिलो परीक्षण थियो।

संयुक्त राष्ट्रसङ्घको विरोधमा उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाइएको छ।

वार्ताका लागि आह्वान

किम र अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हनोईमा भएको उच्च प्रोफाइल दोस्रो शिखर वार्ता भङ्ग भएपछि आणविक निशस्त्रीकरण वार्ता ठप्प भएको छ ।

यसै वर्षको मे महिनामा पदावधि समाप्त हुन लागेका दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले प्योङयाङलाई वार्तामा फर्कन आग्रह गर्नुभएको छ । आफ्नो नयाँ वर्षको सम्बोधनमा उहाँले विभाजित प्रायद्वीपमा शान्ति सम्झौता सुरक्षित गर्न सबै प्रयास गर्ने बताउनुभएको छ।

क्षेप्यास्त्र प्रक्षेपण केही घण्टा अघि भएको थियो जुन राष्ट्रपति मुनले उत्तरको सीमा नजिकैको तटीय शहर गोसेओङमा रेल लाइनको लागि ग्राउन्डब्रेकिङ समारोहमा भाग लिएको केही घण्टाअघि क्षेप्यास्त्र प्रक्षेपण भएको थियो । ग्राउन्डब्रेकिङ समारोहलाई उहाँले अन्ततः दुई कोरियालाई जोड्ने आशा गर्नुभएको थियो ।

मुनले प्रक्षेपणले तनाव र अन्तर–कोरियाली सम्बन्धमा क्षति पुगेको चिन्तालाई स्वीकार गर्दै  उत्तर कोरियालाई वार्ता पुनः सुरु गर्न इमानदार प्रयास गर्न आग्रह गर्नुभयो।

“यस अवस्थालाई मौलिकरूपमा पार गर्न हामीले वार्ताको आशा छोड्नु हुँदैन”, उहाँले भन्नुभयो “दुवै कोरियाले मिलेर काम गरे र विश्वास निर्माण गरेमा एक दिन शान्ति अवश्य प्राप्त हुन्छ।