११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता
अ अ+ अ-

कञ्चनपुर। बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार भारतसँग जोडिएका दोधारा–चाँदनी, पुनर्वास, बेलौरी, बेलडाँडी र भीमदत्त नगरपालिकाका– ९ र १० मा विशेष सतर्कता अपनाइएको छ । “पक्षी तथा पक्षीजन्य पदार्थ सीमापार व्यापार गर्न नपाइने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “यदि अवैध रूपमा ल्याइएमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कानुनी कारबाही हुन्छ ।”

बर्डफ्लू नियन्त्रण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले सीमावर्ती नाका हुँदै पक्षी तथा पक्षीजन्य सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । साथै, किसान, व्यापारी, आपूर्तिकर्ता, जनप्रतिनिधि र स्थानीय तहलाई सचेतना कार्यक्रममार्फत जानकारी गराउने तयारी गरिएको छ ।

भट्टका अनुसार, रोकथामका लागि भेटेरीनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाइन कार्यालय र सुरक्षा निकायका टोलीले आकस्मिक अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

बर्डफ्लू सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् । गम्भीर अवस्थामा निमोनिया, स्वासप्रश्वासको समस्याले बिरामीको मृत्युसमेत हुनसक्छ । रासस