२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल विवादमा कुटपिट, युवकको मृत्यु, ८ जना पक्राउ



अ+ अ-

स्याङ्जा। वालिङ नगरपालिका–५ मा शनिबार राति मोटरसाइकलको आवाजको विवादले कुटपिटमा परिणत भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये एकजना नाबालक रहेका छन्। घटनाको भोलिपल्ट आइतबार २ जना र त्यसपछि सोमबार ६ जना थप नियन्त्रणमा लिएका थिए।

प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीका अनुसार पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ का ६ जना र चापाकोट नगरपालिका–५ का २ जना रहेका छन्। हरिनासबाट पक्राउ पर्नेमा २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गुरुप्रसाद ‘गोरे’ लम्साल, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले र २२ वर्षीय निशान थापा रहेका छन्। चापाकोटबाट २४ वर्षीय अनिल शाही र १८ वर्षीय बादल विक पक्राउ परेका छन्।

शनिबार राति ११ बजे भलिबल प्रतियोगिता हेरेर फर्किरहेका युवाहरूले मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा ३२ वर्षीय ढालबहादुर थापासँग विवाद गर्दा उनलाई कुटपिट गरेका थिए। गम्भीर घाइते भएका थापालाई गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीका अनुसार सबै पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।