२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई पीए नेपालको जवाफ : बालबालिका अध्ययनमै छन्



अ+ अ-

काठमाडौं। उपसभामुख इन्दिरा राना मगरसँग सम्बन्धित संस्था बन्दी सहायता नेपाल (पीए नेपाल) ले नेपाल बाल मन्दिरबाट लगेका बालबालिकाबारे प्रहरीले मागेको विवरणमा ती बालबालिका हाल अध्ययनरत रहेको जानकारी दिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोमबार पीए नेपाललाई पत्र पठाई बालबालिकाको अवस्थाबारे स्पष्टिकरण मागेको थियो । त्यसको जवाफ मंगलबार संस्थाले पठाउँदै बालबालिका कक्षा १२ र स्नातक तहमा अध्ययन गरिरहेको उल्लेख गरेको ब्यूरो प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

उनका अनुसार संस्थाले पठाएको विवरणलाई आधार मानेर अझै छानबिन अघि बढाइने छ । ‘उनीहरूले भनेजस्तो वास्तवमै बालबालिका पढिरहेका छन् वा छैनन् भन्ने कुरा हामीले पुष्टि गर्नुपर्ने हुन्छ,’ पंगेनीले स्पष्ट पारे ।

राना मगर तत्कालीन अध्यक्ष रहेको काठमाडौं सिफलस्थित पीए नेपालको बालगृहबाट पाँच बालबालिका लगिएको र उनीहरू फिर्ता नआएको विषय सार्वजनिक भएपछि प्रहरी अनुसन्धान अघि बढाइएको हो ।