२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री बानियाँको तलब भत्ताबाट एकल महिला सुनारको घर बन्ने



अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरि गाउँपालिका–९ निवासी मिठुमाया सुनारको घर बनाइदिने भएको छ ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब विपन्न परिवारको घर बनाई दिने घोषणा गर्नुभएको थियो ।

सोही घोषणाअनुसार करिब पाँच वर्षअघि श्रीमान् गुमाएकी र एक मात्र छोरा सङ्गम सुनारसमेत आपाङ्ग रहेको अति विपन्न सुनारको घर बनाई दिन आज मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत रु दुई लाख हस्तान्तरण गर्नुभएको छ ।

मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले विपन्न सुनारको घर निर्माणका लागि मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई चेक हस्तान्तरण गर्नुभयो ।

मुख्यमन्त्रीको सेवासुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर बनाई दिने घोषणाअनुसार स्थानीयवासी र गाउँपालिकाको सिफारिसमा एकल महिला सुनारको घर बनाई दिन लागेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री बानियाँबाट प्राप्त रकमबाट सुनारलाई दुई वटा कोठा, एउटा भान्सा कोठा र बाथरुम तथा शौचालय निर्माण गरिदिने मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले बताउनुभयो । रासस