१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकहरूको अधिकार संरक्षणका निरन्तर क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री सिंह



अ+ अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले श्रमिकहरूको अधिकार संरक्षणमा कुनै कमजोरी हुन नदिन विदेशस्थित नेपाली कूटनीतिक नियोग क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

मलेसियास्थित नेपाली दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेर नेपालको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्ने श्रमिकको अधिकारका लागि दूतावासले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार विशेषगरी मलेसियामा नेपाली सेक्युरिटी गार्डहरूमाथि भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीरतापूर्वक ध्यान दिन मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ ।

यस अवसरमा मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी हुनुभएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली राजदूत डा नेत्रप्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस